भारतमा कोरोना संक्रमितको संख्या ७४ पुग्यो « Khabarhub

भारतमा कोरोना संक्रमितको संख्या ७४ पुग्यो


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७४ पुगेको छ । त्यसमध्ये १७ जना विदेशी नागरिक रहेका छन् ।

भारतीय गृह मन्त्रालयका अनुसार केरलमा १८, हरियाणमा १४, महाराष्ट्रमा ११, दिल्लीमा ६ र  उत्तरप्रदेशमा ११ जना सङ्क्रमित भेटिएका छन्।

त्यस्तै राजस्थानमा तीन, तेलङ्गानामा एक, लद्दाखमा तीन, तमिलनाडुमा एक, जम्मू–कश्मीरमा एक, पञ्जाबमा एक र कर्नाटकमा चार जना कोरोना सङ्क्रमित भेटिएका छन् ।

सङ्क्रमण फैलिने क्रम तीव्र बनेपछि भारत सरकारले आउँदो वैशाख ३ गतेसम्मका सबै भिसा निलम्बन गरेको छ ।

स्वास्थ्य मन्त्री डाक्टर हर्षवर्धनको अध्यक्षतामा बसेको बैठकले कोरोनाको सङ्क्रमण रोक्न राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट प्रवेशाज्ञाबाहेकका अरु सबै प्रवेशाज्ञा आउँदो वैशाख ३ गतेसम्मको लागि निलम्बन गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।

प्रवासी भारतीय नागरिकलाई दिइने यात्राको सुविधा पनि आउँदो वैशाख ३ गते सम्मको लागि रोकिएको छ । यो नियम शुक्रबार रातिबाट सुरु हुनेछ । कोरोना संक्रमितमध्ये ४ जना निको भएर घर फर्किएको भारत सरकारले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ८ : ४५ बजे

प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच पौने घण्टा भेटवार्ता

काठमाडौं– नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका

तोलामा २०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ

शीत भण्डार बनेपछि रत्नपुरका आलु उत्पादक किसान उत्साहित

स्याङ्जा– स्याङ्जाको चापाकोट नगरपालिका–८ रत्नपुरमा एक सय टन क्षमताको शीत

एकै दिन ४१ विपदका घटना

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एकैदिन देशका