ग्राहकको खुट्टा भाँचिएपछि खुल्यो होटेलभित्र हुने अश्लिल हर्कतको राज « Khabarhub

ग्राहकको खुट्टा भाँचिएपछि खुल्यो होटेलभित्र हुने अश्लिल हर्कतको राज


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


लहान– होटलभित्र अवैधरूपमा अश्लील कार्य सञ्चालन गरेको आरोपमा प्रहरीले सिरहाको मिर्चैयास्थित एक होटल सञ्चालकलाई पक्राउ गरी मुद्दा चलाएको छ । होटलभित्र अवैध यौनजन्य क्रियाकलाप सञ्चालन गरेको भन्दै प्रहरीले राहुल होटलका सञ्चालक सञ्जय ठाकुर र ललिता ठाकुर शर्मालाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दा चलाएको हो ।

होटलभित्र अवैधरूपमा युवती राखेर यौन क्रियाकलाप गराइरहेको स्थानीयवासीको गुनासोपश्चात सञ्चालकलाई पक्राउ गरी मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक दिनेश गौतमले जानकारी दिए ।

पछिल्लोपटक गत सोमबार राति काठमाडौँबाट आएका दुई युवक उक्त होटलमा कोठा भाडा लिएर बास बसेको र बिहान पैसा तीर्ने विषयमा होटल सञ्चालक र युवाबीच झगडा भएको थियो । सो क्रममा एक युवक होटलको तेस्रो तलाबाट स्थानीय शम्भु साहको घरको छतमा हामफालेपछि युवकको खुट्टा भाँच्चिएपश्चात यस्तो रहस्य बाहिर आएको स्थानीयवासीले बताएका छन् ।

होटल सञ्चालक सञ्जय ठाकुर र ललिताविरुद्ध सार्वजनिक मुद्दा दायर गरी थप आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गौतमले बताए । यसअघि पनि ती होटल सञ्चालकमाथि मुद्दा चलाइएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ११ : ५८ बजे

विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था

काठमाडौं– मध्यपूर्वमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान रद्द भएर

सुदूरपश्चिम पुगेर विश्वप्रकाशले भने : देउवालाई सम्मान, गगनको हातमा शासन

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका निवर्तमान सभापति शेरबहादुर

 विस्तार गौरवको योजना सूर्यविनायक-धुलिखेल सडक

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तार

‘सडक मानव’को हुलियामा नायक बिपिन, नयाँ फिल्मको पात्र सार्वजनिक गरेका हुन् ?

काठमाडौं – पात्र निर्माणमा माहिर अभिनेता बिपिन कार्कीले ‘सडक मानव’

काठमाडौंमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि