लास्कमाथि म्यान्चेस्टर युनाईटेडको सानदार जीत « Khabarhub

लास्कमाथि म्यान्चेस्टर युनाईटेडको सानदार जीत


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युरोपा लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा म्यान्चेस्टर युनाईटेडले सानदार जीत निकालेको छ ।

बिहिबार राति भएको खेलमा युनाईटेडले करिब ५ सय दर्शकको उपस्थितीमा अस्ट्रियाको लास्कमाथि ५–० को जीत निकालेको हो ।

ओडियन इल्लूको गोलसंगै युनाईटेडले २८ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो । ३० बर्षका नाईजेरियन फरवार्डले सुरुवाती तीन खेलमा चार गोल गरिसकेको छन् । युनाईटेड पछिल्ला सबै प्रतियोगिताका ११ खेलमा अपराजित छ ।

म्यान्चेष्टर डर्बीको खेलमा उतारेको टिममा प्रशिक्षक ओले गुनर सोल्सायरले ५ खेलाडी परिवर्तन गरेका थिए । अस्ट्रिया क्लबबिरुद्वको खेलमा उनी आत्मविश्वासी देखिए ।

जुवान माटा, ड्यानियल जेम्स र ह्यारी मगुईरीले परिवर्र्तित टोलीमा स्थान बनाएका थिए । जेम्सले ५९ औ मिनेटमा युनाईटेडका लागि दोस्रो गोल गरे । त्यस्तै, माटा, मासन ग्रिनउड र एन्ड्रिास परेराले गोल गर्दै युनाईटेडलाई सानदार जीत दिलाए ।

युरोपियन प्रतिस्पर्धामा युनाईटेडले अस्ट्रियाको क्लबबिरुद्वको खेल गुमाउनु परेको छैन । पहिलो लेगमा प्राप्त जितले युनाईटेड क्वार्टरफाईनल प्रवेशको नजिक पुगेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ८ : ०२ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने