आर्सनलका मुख्य प्रशिक्षकलाई कोरोनाको संक्रमण ! | Khabarhub Khabarhub

आर्सनलका मुख्य प्रशिक्षकलाई कोरोनाको संक्रमण !


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लण्डन क्लब आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।

चेक जाँचको क्रममा प्रिमियर लिग क्लबका प्रशिक्षकलाई कोरोनाको पोजेटिभ लक्षण देखिएको छ ।

अर्टेटामा देखिएको लक्षणसंगै शनिबार हुने आर्सनल र ब्राईटोनबीचको खेल स्थगित गरिएको छ ।

आर्सनलले पछिल्लो अवस्थामा अभ्यास सत्र बन्द गरेको छ । अर्टेटाको सम्पर्कमा रहेको स्टाफलाई समेत छुट्टै बसालेर जाँच प्रक्रिया अघि बढाईएको छ ।

विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न प्रियिमर लिगले समेत क्लबहरुको आकस्मिक बैठक बोलाएको छ । बैठकले प्रिमियर लिग क्लबको नयाँ तालिकाको विषयमा निर्णय लिनेछ ।

‘यो निकै निराशाजनक क्षण हो ।’ ३७ बर्षका अर्टेटाले भनेका छन् । ‘निकै गलेको महशुश भएपछि मैले परिक्षण गरेको थिए । जति सक्दो चाँडो काममा फर्कनेछु,’ उनले भनेका छन् ।

आर्सनलले आशंका गरिएका केही व्यक्तिलाई छुट्टै राखेर जाँच प्रक्रिया अघि बढाएको छ । त्यसमा फुटबल टिमका अधिकांश सदस्य समेत रहेका छन् ।

अर्टेटाको परिक्षण पुष्टि भएसंगै ब्राईटन एक बिज्ञप्ती जारी गर्दै खेल नहुने बताएको थियो । कोरोनाकै कारण बुधबारका लागि तय आर्सनल र म्यान्चेष्टर सिटीबीचको खेल स्थगित भएको थियो ।

बिहिबार मात्र लेस्टर सिटीका तीन खेलाडीमा कोरोना भएको पुष्टि भएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ८ : २७ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा