नक्कली चिकित्सक पक्राउ « Khabarhub

नक्कली चिकित्सक पक्राउ


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- अर्कैको काउन्सिल दर्ता नम्बर राखेर शुभलक्ष्मी अस्पताल सुर्खेतमा आफ्नो नामको साइनबोर्ड टाँस गरी बिरामीको उपचारमा संलग्न एक नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त घटनामा संलग्न दीपेन्द्र काफ्लेलाई पक्राउ गरेको हो ।

नेपाल मेडिकल काउन्सिल बाँसबारीको यही फागुन ५ गतेको पत्र अनुसार छानबिन गर्न र केन्द्रीय अनुसन्धान ब्युरोको यही फागुन ८ गतेको आवश्यक कारवाहीका लागि निर्देशन अनुसार काफ्लेलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

पक्राउ गरिएका उनलाई सुर्खेत जिल्ला अदालतबाट पहिलो पटक दिन तीन दिन म्याद थपको अनुमति लिइ अनुसन्धान कार्य थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहनुभएका रावलले बताए । उनका अनुसार थप अनुसन्धान कार्यसमेत अघि बढाइएको छ ।

फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणीका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बराहताल गाउँपालिका– ८ सुर्खेतका मोहन विश्वकर्मालाई आज पक्राउ गरिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक रावलले जानकारी दिए । उनलाई आफ्नै घरमा लुकिछिपी बसेका अवस्थामा फेला पारी पक्राउ गरिएको उनले बताए ।

जबर्जस्ती करणी मुद्दामा तीन वर्ष कैद भुक्तान गर्न बाँकी रहेका विश्वकर्मा विरुद्ध पूर्णबहादुर वलीको जाहेरी र विशेष सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १० : ३६ बजे

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै खाता खोल्ने व्यवस्था 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता

भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्द : एघार हजार बिरामी प्रभावित

चितवन– नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

काठमाडौं– इनड्राइभले ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सम्पन्न

गोरक्षेश्वर धाममा भजनकीर्तन एवं गङ्गा आरती

बागमती– हेटौँडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर धाममा भजनकीर्तनसहित गङ्गा आरती गरिएको

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको