आईपे रेमिट नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध « Khabarhub

आईपे रेमिट नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैदेशिक रेमिटेन्स कारोबारहरु सिधैं लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन आईपे रेमिट प्रा.लि.नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको एनसीएचएल–आइपीएस र कनेक्ट आइपीएस इ–पेमेन्ट प्रणालीहरुमा आबद्ध भएको छ ।

यो व्यवस्थासँगै आईपे रेमिटका कम मुल्यका भुक्तानी कारोबारह कनेक्ट आइपीएस इ–पेमेन्ट प्रणाली मार्फत र्रियल टाइममा र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल–आइपीएसमार्फत तोकिएको समय सीमामा अन्य भुक्तानी कारोबारहरु गर्न सकिन्छ ।

एनसीएचएलले आफ्ना प्रणालीहरु मार्फत बैंक खातामा आधारित विभिन्न भुक्तानी कारोबारहरुलाई सहजीकरण गरिरहेकोमा रेमिटेन्स पनि ती मध्येको एक महत्वपूर्ण कारोबार हो । यसमा हाल सम्म ६ वटा रेमिटेन्स कम्पनीहरु र ३० वटा गैर बैंक संस्थाहरु अप्रत्यक्ष?प्राविधिक सदस्यको रुपमा आबद्ध रहेका छन् ।

६ वर्ष अगाडि स्थापना भएको आईपे रेमिट नेपालको अग्रणी रेमिटेन्स कम्पनीहरु मध्येको एक हो । यसले १० लाखभन्दा बढि आप्रवासी कामदारहरुको कडा परिश्रमको कमाईलाई नेपालमा रहेका आफ्ना परिवारहरुलाई छिटो, सुरक्षित र भरपर्दो तरिकाले पठाउन विभिन्न प्रविधि र सहकार्यको माध्यबाट सहयोग गर्दै आएको छ ।

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेडद्वारा प्रवद्र्धित एनसीएचएलले राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्दै आएको छ । हाल सबै जसो बैंक तथा वित्तिय संस्थाहरुको सहभागीतामा यसका एनसीएचएल–इसीसी, एनसीएचएल–आइपीएस, कनेक्ट आइपीएस इ–पेमेन्ट र कनेक्ट आरटीजीएस प्रणाली संचालनमा रहेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १२ : २९ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा