उपभोक्ता बजारमा कोरोना त्रास– नियमितभन्दा ११ हजार मेट्रिक टन बढी ग्यास खपत « Khabarhub

उपभोक्ता बजारमा कोरोना त्रास– नियमितभन्दा ११ हजार मेट्रिक टन बढी ग्यास खपत


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– कोरोना भाइरसको त्रासका बीच बजारमा ११ हजार मेट्रिक टनभन्दा बढी खाना पकाउने (एलपी) ग्यास अतिरिक्त रुपमा खपत भएको पाइएको छ ।

उपभोक्ताहरुले पछिका लागि भन्दै ग्यास मौज्दात गर्ने प्रवृति बढेपछि अहिले बजारमा एलपी ग्यासको अभाव बढेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा बढेको अभावलाई मध्यनजर गर्दै भारतबाट साविकमा आपूर्ति भइरहेको तुलनामा ११ हजार मेट्रिक टनभन्दा बढी ग्यास आपूर्ति गर्न लागिएको जनाएको छ ।

मन्त्रालयका अनुसार बजारमा अहिले नियमित भन्दा धेरै ग्यास खपत भइरहेको छ । उपभोक्ताहरुले दैनिक उपभोगका लागि आवश्यक पर्नेभन्दा बढी ग्यास खरिद गरेर मौज्दात राख्न खोज्दा ग्यासको आपूर्ति बढेको मन्त्रालयको भनाइ छ ।

बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको नेतृत्वमा मन्त्रालयमा बसेको बैठकले बजारमा आपूर्ति सहज पार्ने निर्णय गरेको छ । बिहीबारको बैठकको निर्णयानुसार हाललाई भारतबाट नियमित आपूर्ति भइरहेको भन्दा अतिरिक्त थप ग्यास आपूर्ति गर्न लागिएको मन्त्रालयकी सहायक प्रक्वता उर्मिला केसीले जानकारी दिइन् ।

नियमित आपूर्ति भइरहेको भन्दा भारतबाट थप ११ हजार मेट्रिक टन ग्यास आपूर्ति गर्न लागिएकाले अब बजारमा ग्यासको अभाव नहुने सहायक प्रवक्ता केसीको भनाइ छ ।

सरकारले बजारमा दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन र सहज आपूर्तिको व्यवस्था गर्न अनुगमनलाई थप कडाइका साथ अगाडि बढाइएको जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  २ : ०० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै