आहा – रारा गोल्डकपको फाइनलमा पुलिस र मनाङ खेल्दै « Khabarhub

आहा – रारा गोल्डकपको फाइनलमा पुलिस र मनाङ खेल्दै


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि आज चिरपरिचित प्रतिद्वन्द्वी नेपाल पुलिस क्लव र मनाङ मर्स्याङ्दी क्लव भिड्दैछन् ।

पोखराको नवनिर्मित रंगशालामा दिउँसो २ बजे सुरु हुने खेलले १८ औं संस्करणको आहा – रारा गोल्डकपको उपाधि बिजेताको टुंगो लाग्नेछ ।

साविकको विजेता थ्रीस्टार क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै पुलिस प्रतियोगिताको नवौं पटक फाइनल पुगेको हो ।

मनाङ विभागीय टिम आर्मीलाई ३–१ गोल अन्तरले पराजित गर्दै दशौं पटक उपाधि नजिक पुगेको हो ।

१८ औं संस्करण आईपुग्दा पुलिस सातौं पटक आहा रारा गोल्डकपको उपाधि जित्न चाहन्छ । पुलिस प्रतियोगिताको सर्बाधिक सफल टिम पनि हो ।

यस्तै पुलिसलाई पछ्याउने क्रममा रहेको मनाङले ५ पटक उपाधि जितेको छ । मनाङ र थ्री स्टार समान ५ पटकका च्याम्पियन हुन् ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ६ : ५८ बजे

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको