बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु « Khabarhub

बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको भण्डारामा शुक्रबार राति बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बाराको पर्वानीपुर नगरपालिका–२ बस्ने २३ वर्षीय राजीव ठाकुर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्व पश्चिम लोकमार्गअन्तर्गत राप्ती नगरपालिका–७ वीरेन्द्रनगरमा नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश १–०१००१ ख ३४६४ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०२०१४ प १४४६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट घाइते स्कुटरको पछाडि सवार ठाकुरको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।
स्कुटर चालक भरतपुर महानगरपालिका–१० का २२ वर्षीय श्रीसव देवकोटा घाइते भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

घाइते देवकोटाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था मध्यम रहेको उनले बताए। स्कुटरलाई ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ९ : ०९ बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड