छोरीबुहारीलाई स्नातकसम्म निःशुल्क पढाउँदै कचनकवल « Khabarhub

छोरीबुहारीलाई स्नातकसम्म निःशुल्क पढाउँदै कचनकवल


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- दक्षिणी झापाको कचनकवल गाउँपालिकाका छोरी–बुहारीले स्नातकतहसम्म निःशुल्क अध्ययनको अवसर पाएका छन् ।

गाउँपालिकाले निःशुल्क शिक्षा अभियानअन्तर्गत गाउँपालिका क्षेत्रका सबै छोरीबुहारीलाई स्नातकतहसम्म निःशुल्क अध्ययनको अवसर उपलब्ध गराएको हो ।

“शिक्षा विकासको मेरुदण्ड हो”, सो गाउँपालिका अध्यक्ष अञ्जार आलमले भने, “महिलालाई सक्षम एवं आत्मनिर्भर बनाउने उद्देश्यले स्नातकसम्मको निःशुल्क अध्ययनको व्यवस्था गरेका हौँ ।”

गाउँपालिकाले यसअघि नै कक्षा–१२ सम्म सबैलाई निःशुल्क शिक्षाको व्यवस्था गरिसकेको छ । आर्थिक अवस्था कमजोर भएकै कारण कोही शिक्षाको अवसरबाट वञ्चित हुनु नपरोस् भनेर गाउँपालिकाले निःशुल्क शिक्षा अभियान सञ्चालन गरेको अध्यक्ष आलम बताउँछन् ।

“सम्पन्न र हुनेखानेका छोराछोरी अन्यत्रै गएर पनि बढ्छन्/पढिरहेका छन्”, उनले भने, “आर्थिक अवस्था कमजोर भएरै शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न गाउँपालिका लागि परेको छ ।”

गाउँपालिकाले २ सयभन्दा बढी छोरीबुहारीलाई मासिक ८ सय ५० का दरले अध्ययन खर्च दिने गरेको गाउँपालिकाका उपाध्यक्ष निमसरी राजवंशीले जानकारी दिए ।

“महिला सशक्तीकरणमा विशेष योजना बनाएर काम गरिरहेका छौँ”, उनले भने, “महिलालाई आत्मनिर्भर र स्वावलम्बी बनाउन कुनै कसर बाँकी राखिने छैन ।”

त्यस्तै, कचनकलवका सात वडाका आठ विद्यालयमा नमूना बाल कक्षा (स्मार्ट कक्षा) सञ्चालन भइरहेको छ । सांसद विकास कोष र गाउँपालिकाको लगानीमा ती विद्यालयमा नमूना बालकक्षा सञ्चालन भइरहेको हो ।

कचलकवलमा सामुदायिकतर्फ सात मावि, सात आधारभूत र १३ प्राविमा सात हजार ३९० विद्यार्थी अध्ययन गरिरहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख छवि बस्नेतले जानकारी दिए। त्यस्तै, १३ निजी विद्यालयमा तीन हजार विद्यार्थी अध्ययनरत छन् ।

गाउँपालिकामा दुई गुरुकुल, १० मदरसा, दुई सामुदायिक सिकाइ केन्द्रसमेत सञ्चालित रहेको प्रमुख बस्नेतले बताए । ती मदरसा र गुरुकूलमा गाउँपालिकाले आर्थिक सहयोग प्रदान गर्दै आएको छ ।

शिक्षालाई प्रविधियुक्त बनाउन गाउँपालिकाले यहाँका सबै माविलाई २०/२० थान कम्प्युटर र शिक्षकको व्यवस्था गरेको छ । गाउँपालिकाको निजी स्रोतमा १४ कम्प्युटर शिक्षकले पढाउँदै आएका छन् ।

यस्तै, विद्यार्थीलाई कृषिमा आकर्षित गर्न ‘विद्यार्थी कृषि सहकारी कार्यक्रम’ गाउँपालिकाले अघि सारेको छ । कचनकवलले चालु आर्थिक वर्षमा एक करोड दुई लाख बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  १० : ०८ बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड