नेपाल भारतबीच आवतजावत गर्न अब चार नाका मात्रै « Khabarhub

नेपाल भारतबीच आवतजावत गर्न अब चार नाका मात्रै


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारीबाट सचेतता अपनाउँदै नेपाल भारत सीमा नाका बन्द भएका छन् । अब नेपाल भारतका चार नाकाबाट मात्र आवतजावत हुने भएको छ ।

भारत सरकारले नेपालसँग सिमाना जोडिएका बनबासा, सुनौली, रक्सौल र रानीगञ्जबाट मात्र आवतजावत गर्नेगरि अरु सबै नाका बन्द गर्ने भएको छ ।

आइतबार राति १२ बजेदेखि अब नेपालीले भारत आवत–जावत गर्दा उत्तराखण्डको बनबासा, उत्तरप्रदेशको सुनौली, बिहारको रक्सौल र पश्चिम बंगालको रानीगञ्ज नाकामात्रै प्रयोग गर्न पाउनेछन् । नेपाल–भारत आवत–जावत गर्ने अन्य नाकाहरु भने बन्द हुनेछन् ।

भिसा नचाहिने नेपाल र भुटानका नागरिकहरुका लागि भने प्रवेश खुल्ला रहने भारतको गृहमन्त्रालयका अनिल मलिकले बताए ।

प्रवेश अनुमति पाएका देशका नागरिकहरुले अनिवार्य परिचय पत्र बोक्नुपर्ने र सिमानामा स्वास्थ्य जाँच गराउनुपर्ने छ ।

कोरोना भाइरसबाट दुई जनाको मृत्यु र ८२ जना संक्रमित भएपछि भारतले सुरक्षा सतर्कता अपनाउँदै सिमानाहरुमा कडाइ गरेको छ ।

भारतले नेपाल, भुटान, बंगलादेश र म्यानमारसँग जोडिएका २० नाका बन्द गर्ने निर्णय गरेको हो । भारत–बंगलादेश रेल र बस सेवा १५ अप्रिलसम्मका लागि बन्द गरिएको छ । सीमा क्षेत्रका बजारमा पनि विदेशीहरुलाई पनि प्रवेश बन्देज गरिएको छ ।

नेपालले पनि अनअराइभल भिसा बन्द गर्दै भारततर्फ आवत–जावतका लागि सीमित नाकामात्रै प्रयोग गर्ने र सिमानामा जाँच कडा बनाउने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  २ : ०६ बजे

ज्ञानेन्द्र शाहीको प्रश्न – नेपाली धर्म–संस्कृतिलाई मात्रै निशाना किन ?

काठमाडौँ– सांसद ज्ञानेन्द्र शाहीले नेपाली धर्म, संस्कार र संस्कृतिमाथि मात्रै

मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल

रूपन्देही– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रूपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका

साइकलमा ‘ड्रागन फ्रुट’ बेचेर स्वरोजगारको सन्देश प्रवाह गर्दै उद्यमी पन्त

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर– हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ– बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा