बस र अटोरिक्सा ठोक्किँदा एकको मृत्यु, चार जना घाइते « Khabarhub

बस र अटोरिक्सा ठोक्किँदा एकको मृत्यु, चार जना घाइते


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको अत्तरियामा बस र अटोरिक्सा एकापसमा ठोक्किँदा गोदावरी नगरपालिका–६ कोलीकटानका ५३ वर्षीय तुले कोलीको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–३ चौकीडाँडास्थित मालिकाटोल जाने बाटो नजिकै महेन्द्रनगरबाट अत्तरियातर्फ आउँदै गरेको ना ४ ख ४५२८ नंको बस र विपरीत दिशाबाट गइरहेको से१ह २११४ नंको अटो एकापसमा आज ठोक्किँदा गम्भीर घाइते भएका कोलीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मुख र छातीमा चोट लगेर गम्भीर घाइते भएका कोलीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

दुर्घटनामा अटोचालक मानबहादुर विक, अटोमा सवार सोही ठाउँकी ५० वर्षीया नखरी कोली, २५ वर्षीय अर्जुन कोली र २५ वर्षकै दुर्गा कोली घाइते भएका छन् । चालक डडेल्धुरा परशुराम नगरपालिका–६ का २४ वर्षीय दीपक भट्टराईलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  २ : २३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना