सभापतिको उम्मेदवार बन्नेबारे कोइरालाको जवाफ : मेरो खुट्टा परालको होइनन् « Khabarhub

सभापतिको उम्मेदवार बन्नेबारे कोइरालाको जवाफ : मेरो खुट्टा परालको होइनन्


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टीले प्रतिपक्षको भूमिका खेल्न नसकेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन गोरखाले शनिवार आयोजना गरेको पत्रकार भेटघाटमा उनले पार्टीले संसद् र सडकमा प्रतिपक्षले खेल्नुपर्नेमा भूमिका निर्वाह गर्न नसकेको बताए ।

केन्द्रीय सदस्य कोइरालाले भने, “संसद्मा प्रतिपक्षको आवाज नै सुनिएको छैन । सेक्युरिटी प्रिन्टिङ प्रेसका कुरा आएका छन्, अन्य धेरै कुरा आएको छ । सरकार त मौन हुनु स्वाभाविक नै हो । संसद्मा प्रतिपक्षको आवाज सुनिनुपर्ने हो तर त्यो पनि सुनिएन । लोकतन्त्रमा प्रतिपक्षको आवाज नसुनिनु डरलाग्दो विषय हो । ”

केन्द्रीय समितिको बैठक नबस्दा आफूहरुले पार्टीका समस्या समाधान लागि विचार राख्ने ठाउँ नै नपाएको र कांग्रेस अहिले भागबण्डामा अल्झिएर बसेको नेता कोइरालाले बताए । “पार्टीभित्र कुरा गर्ने भनेको केन्द्रीय समितिभित्र कुरा गर्ने हो, केन्द्रीय समितिको बैठक नै बसेको छैन त कहाँ गएर बोल्ने ” उनले भने ।

तपाईँ अब पार्टी सभापतिको उम्मेदवार हो कि होइन भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता कोइरालाले भने, “मेरो खुट्टा परालको होइन् भन्ने बुझ्नुपर्छ, अहिले स्पष्ट कसरी भनुँ, कार्यकर्ता के चाहन्छन् भनेर अहिले म त्यो बुझ्दैछु ।”

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  १० : १५ बजे

निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै

सर्वोच्चकै आदेशविरूद्ध अर्थमन्त्री, ओझाको निवेदन हेर्न नमिल्नेमा

काठमाडौं– शरद ओझालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेपाल बिमा

पुसको जाडोमा साँझ परेपछि एमालेमा मतदान (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ