कोरोना भाइरसको संक्रमणबाट जोगिन मोबाइललाई यसरी गर्नुस् सफा | Khabarhub Khabarhub

कोरोना भाइरसको संक्रमणबाट जोगिन मोबाइललाई यसरी गर्नुस् सफा


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट बच्नका लागि मानिसले आफ्नो स्वास्थ्यमा ख्याल गर्नु पर्ने हुन्छ ।

सरसफाइलाई विशेष ध्यान दिने, किटाणुबाट जोगिने उपायहरु अवलम्बन गर्ने गर्दा यसबाट जोगिन सकिन्छ । त्यसका लागि हात बेलाबेलामा धुनुपर्छ । मास्कको प्रयोग गर्नु पर्छ भने स्यानेटाइजरको प्रयोगमा पनि चिकित्सकहरुले जोड दिएका छन् ।

त्यसबाहेक मानिसले प्राय: जहाँ जाँदा पनि आफूसँगै लैजाने गरेको स्मार्टफोनलाई पनि सफा राख्नुपर्छ ।

मोबाइलफोनलाई कुनै क्षति नपुर्‍याईकन सफा गर्नु पर्ने हुन्छ ।

सूक्ष्मजीव वैज्ञानिकहरूले सामान्य साबुन र पानी प्रयोग गरेर फोन सफा गर्दा त्यसबाट कीटाणुको परिमाण घटाउन सकिने बताएका छन्।

यसरी गर्नुस् मोबाइल सफा

पहिला मोबाइल बन्द गर्नुस् अनि खोल अर्थात कभर निकाल्नुस् ।

कुनै रसायन ह्याण्ड जेल वा खस्रो रुमाल प्रयोग नगर्नुस् । तिनले स्क्रिनको रक्षात्मकखोललाई हानी गर्छन् ।

सामान्य साबुन पानीले काम गर्छ ।

माइक्रोफाइबरले बनेका कपडा भिजाएर सतहमा विस्तारी पुछ्नुहोस्

तर चार्ज गर्ने स्थान वा अन्य पोर्टहरुलाई चिसो नबनाउनुहोस्

अन्तिममा माइक्रोफाइबरले बनेको कपडाले पुछेर ओभानो बनाउनुस्

माइक्रोफाइबर युक्त कपडाका लागि चस्मा पुस्ने कपडाको प्रयोग गर्न सकिन्छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ५ : ३० बजे

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ– दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण

कुलमानको एक्सन : सडक र पुलका थप ५० वटा ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौं – सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी

व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी

भोजपुर- भोजपुरकाे हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक

नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि काग सम्मेलन

काठमाडौं – काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको

चार प्रमाणले सहजै हुन्छ जग्गाको स्रेस्ता कायम, सूचनाको अपव्याख्या नगर्न आग्रह

भू-अभिलेख तथा श्रेस्ता व्यवस्थित गरेर जग्गाधनीको हक संरक्षण गर्ने मुख्य