न्यूजिल्याण्डमा अर्धस्वचालित बन्दुकमा प्रतिबन्ध लगाइने | Khabarhub Khabarhub

न्यूजिल्याण्डमा अर्धस्वचालित बन्दुकमा प्रतिबन्ध लगाइने


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वेलिङ्टन– न्यूजिल्याण्डको क्रिष्टचर्च शहरमा ५० जनाको ज्यान जानेगरी दुई मस्जिदमा भएको गोलीकाण्डमा प्रयोग भएका अर्धस्वचालित बन्दुकमा न्यूजिल्याण्डभर प्रतिबन्ध लगाइने भएको छ ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा अर्डेनले पत्रकार सम्मेलन गर्दै न्यूजिल्याण्डको बन्दुक राख्न पाउने कानूनमा संशोधन गर्दै त्यसलाई अझ कठोर पारिने बताएकी हुन् ।

उनले सैनिकस्तरका अर्धस्वचालित तथा असल्ट बन्दुकबाट न्यूजिल्याण्डका जनताको सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको भन्दै अर्धस्वचालित तथा असल्ट बन्दुकमाथि प्रतिबन्ध गर्ने गरी कानून संशोधन हुन लागेको जनाएकी हुन् ।

नयाँ कानून आगामी अप्रिल ११ बाट लागू गरिने तथा नयाँ कानूनमार्फत् प्रतिबन्ध लगाइएका, तर यसअघि बेचिएका बन्दुक फिर्ता गर्नसक्ने व्यवस्था समेत लागू गरिने प्रधानमन्त्री अर्डेनको भनाइ छ । त्यसका लागि २० करोड न्यूजिल्याण्ड डलर खर्च हुने प्रधानमन्त्रीको भनाइ छ ।

यद्यपि, नयाँ कानून अनुसार किसानहरुलाई जङ्गली जनावरबाट आफ्ना गाइवस्तु र भेडाबाख्राको रक्षा गर्नका लागि बन्दुक राख्न कुनै असुविधा नहुने बताइएको छ । नयाँ कानूनलाई न्यूजिल्याण्डको किसान युनियनले पनि समर्थन गर्ने जनाएको छ । त्यसबाहेक त्यहाँको विपक्षी पार्टीहरुले पनि बन्दुकसम्बन्धी कठोर कानूनलाई समर्थन गर्ने जनाएका छन् ।

न्यूजिल्याण्डमा हाल अभ्यासमा रहेको बन्दुक कानून अनुसार मानिसहरुले निश्चित प्रक्रिया पूरा गरेपछि ७ राउण्ड गोली हान्न सक्ने अर्धस्वचालित बन्दुक खरिद गर्ने अनुमति पाउँछन् । तर, गत साताको शुक्रबार मस्जिदमा गराइएको आक्रमणमा बन्दुकधारीले बन्दुक र त्यसमा लाग्ने म्याग्जिनलाई परिष्कृत गरी बन्दुकलाई अझ घातक बनाएका थिए ।

५० लाख जनसङ्ख्या रहेको न्यूजिल्याण्डमा मानिसहरुसँग हाल १५ लाख बन्दुक रहेको बताइन्छ । त्यसमध्ये १३ हजार ५ सय बन्दुक अर्धस्वचालित सैनिक स्तरका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  २ : २१ बजे

जेन–जी आन्दोलनपछि कैलालीमा क्षतिको विवरण सङ्कलन गरिँदै

कैलाली– यही भदौ २४ गते ‘जेन-जी’ प्रदर्शनका क्रममा आगजनी र

वर्तमान परिस्थितिमा सम्हालिएर अघि बढ्नुको विकल्प छैन : कांग्रेस नेता शाही

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले मुलुकको पछिल्लो

एमालेले तत्काल ओलीको विकल्प नखोज्ने, आन्दोलनमा पनि नजाने

काठमाडौँ- सम्भवत: विश्वकै छोटो आन्दोलनमार्फत् सत्ताबाट अप्रत्यासित बहिर्गमनमा परेको नेकपा

अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकमा आज बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको छ

‘भोजपुरे खुकुरी’को माग उच्च : बनाउने कालीगढको चरम अभाव

भोजपुर– परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै