कोरोना भाइरसको त्रास रहेको बेला थपियो डेंगु, कसरी बच्ने ? « Khabarhub

कोरोना भाइरसको त्रास रहेको बेला थपियो डेंगु, कसरी बच्ने ?


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभर अहिले कोरोना भाइरसको त्रास फैलिएको छ ।

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार नाघिसकेको छ । चीन, अमेरिका, दक्षिण कोरिया सहित १ सय ५७ देशमा कोरोना संक्रमितको संख्या डेढलाख भन्दा बढी भइसकेको छ ।

नेपालमा भने हालसम्म एकजनामा कोरोनाको संक्रमण देखिएको र ती व्यक्रिलाई पनि ठिक भइसकेको स्वास्थ्य मन्त्रालयको दावी छ । सरकार अहिले कोरोना नेपालमा भित्रिन नदिन उच्च स्तरिय समिति नै गठन गरेर कोरोना संक्रमणको प्रतिकार्यमा व्यस्त भएको छ ।

कोरोनाको संक्रमण नेपाल भित्रिन नदिन पूर्व तयारीमा लागेको सरकार सामु अर्को चुनौती थपिएको छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागले नेपालमा डेंगुको संक्रमण देखिन थालेको जनाएको छ ।

जाडो मौसम सकिएपछि शुरु हुने डेंगुबाट जनावरी देखि हालसम्म ३६ जना बिरामी परेको महाशाखाको तथ्यांक छ । विश्वभर कोरोना भाइरसको त्रास बढ्दै जाँदा नेपालमा डेंगुको रोग समेत थपिने संकेत महाशाखाको तथ्यांकले नै देखाएको छ ।

गत साउनदेखि कात्तिक सम्ममा नेपालमा भण्डै १५ हजार व्यक्तिमा डेंगु रोग देखियो ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउन देखि कात्तिक सम्ममा डेंगुका कारण ६ जनाको मृत्यु भएको थियो । त्यसैले अब नेपालमा कोरोना भाइरसको विषयमा मात्र होइन डेंगुको विषयमा पनि सबै व्यक्ति समेत हुनुपर्ने देखिन्छ । त्यसैले आज हामी तपाईलाई डेंगु रोगको बारेमा केही जानकारी दिदैछौं ।

के हो डेंगु रोग कसरी बच्ने ?

शुक्रराज अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार डेंगु रोग एडिस जातको पोथि लामखुट्टेको टोकाइबाट सर्ने रोग हो ।   डेंगु सार्ने लामखुट्टेले सफा पानी जम्मा भएको ठाउँमा फुल पार्छ ।  टायरमा जम्ने आकासेपानी, गमला, घर वरपरको खाल्डाखुल्डीमा जम्ने पानीमा डेंगु सार्ने लामखुट्टेको लार्भा विकास भइ लामखुट्टेको संख्या वृद्धि हुन्छ र मानिसलाई टोकेर डेंगुको संक्रमण गराउँछ ।

डेंगुका लक्षणहरु

–ज्वरो आउने,

–आँखाको गेडीहरु दुख्ने,

– शरीरमा डाबरहरु आउने,

– खाना नरुच्ने,

–जोर्नी तथा मांसपेसीहरु दुख्ने,

– पेट गडबडी हुने,

डेंगुको लक्षण देखिएका बिरामीले जटिल अवस्थामा बाहेक सामान्य लक्षण देखिदा झोलिलो पदार्थ र सिटामोल खाएर १० दिन घरमै आराम गर्दा पनि निको हुने डा पुनले बताए ।तर डेंगुको संक्रमण फैलिएको क्षेत्रमा डेंगुका लक्षण देखिएका बिरामीले भने अस्पतालमा पुगेर डेंगु परीक्षण गराउनुपर्ने हुन्छ ।

डेंगु लागेका के गर्ने ?

–डेंगुको लक्षण देखिएमा जथाभावी औषधि तथा एन्टीबायोटिक नखाने,

–झोलिलो खानेकुरा खाने,

–झुलको प्रयोग गर्ने,

–लामो बाहुला भएको कपडा लगाउने,

–घर वरपरको वातावरणमा पानी जम्न नदिने,

– लामखुट्टेको लार्भा विकास हुने स्थानहरु खोजेर नष्ट गर्ने,

–घरायसी प्रयोजन वा पीउनका लागि ड्रम, गाग्री वा अन्य भाडामा राखिएको पानी राम्रोसँग छोपेर राख्ने ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ११ : २६ बजे

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान

बाढीपीडित नागरिकको सुरक्षा प्राथमिकतामा : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक लोकतन्त्रको अर्थ छैन : यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका

त्रिपुरेश्वरमा बस र चालक जलेको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन