जुत्ता उल्टो राख्दा के हुन्छ ? | Khabarhub Khabarhub

जुत्ता उल्टो राख्दा के हुन्छ ?


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतै जुत्ताचप्पल उल्टिएको वा पल्टिएको देखे त्यसलाई सुल्ट्याउने गरिन्छ । तपाईं हामी पनि यस्तो देखेमा सुल्टो पार्दछौ ।

तर किन सुल्टो पारिन्छ भन्ने हामीलाई थाहा छैन । जुत्ता चप्पल उल्टो भए यसले नराम्रो हुन्छ मात्र भनिन्छ । कतिले बाटो वा आँगनमा उल्टो जुत्ता भए साइत बिग्रन्छ भन्छन् । तर खास के हो त ?

ज्योतिष शास्त्रका अनुसार जीवनसँग सम्बन्धित हरेक वस्तुमा ग्रह जोडिएका हुन्छन् । जसमा हामिले पहिरिने जुत्ताचप्पल पनि आउँदछ । ज्योतिष शास्त्रका अनुसार हाम्रा जुताको सम्बन्ध शनी ग्रहसँग हुन्छ ।

किनकी शनी मानिसको पैतालामा रहने गर्दछ । यसकारण पनि शनीको दशा लागेको ब्यक्तिले जुत्ताचप्पल दान गर्नुपर्ने मान्यता रहेको हो । त्यसैले जुत्ताचप्पल उल्टो भए शनीको दशा लाग्ने मान्यता भए अनुसार यसलाई सुल्टो पारिन्छ ।

वास्तुशास्त्र अनुसार घरमा जुत्ताचप्पल राख्ने र्‍याक उत्तरपूर्वी दिशामा फर्केको हुनुहुदैन । यस दिशामा र्‍याक फर्केमा त्यहा सूर्यको प्रकाश पर्ने भएकाले जुत्ताको कारण सकारात्मक प्रभाव कम भएर जाने गर्दछ ।

शास्त्रीय मान्यता अनुसार कहिल्यै पनि उपहारमा मिलेका तथा चोरेर ल्याएका जुत्ता लगाउनु हुँदैन । यसले भाग्यबाट बञ्चित गर्दछ ।

उपहारमा पाएका जुत्ता व्यक्तिको करियरका लागि हानिकारक मानिन्छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १२ : ३७ बजे

बाँकेको राँझा विमानस्थलको नयाँ टर्मिनल भवन तयार

बाँके– नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा

दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति

मधेश सरकारबाट फिर्ता हुन राप्रपाका मन्त्रीलाई अध्यक्ष लिङ्देनको निर्देशन

काठमाडौं– मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एक होटेलमा बसेर

संसद् पुनःस्थापनाबारे कांग्रेसभित्र मतभेद

काठमाडौं– नेपाली कांग्रेसभित्र प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा मतभेद चर्किएको छ ।

मधेशको मुख्यमन्त्री नियुक्तिबारे विश्वप्रकाश भन्छन्– यो ‘अ–राजनीति’ले संघीयतालाई बदनाम गराउँछ

जनकपुरधाम– मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले सोमबार बिहान ४