कोरोना भाइरस महामारीको अवस्था हेरेर एसईईको तालिका बन्छ : मन्त्री ढकाल « Khabarhub

कोरोना भाइरस महामारीको अवस्था हेरेर एसईईको तालिका बन्छ : मन्त्री ढकाल


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस महामारीको अवस्था हेरेर एसईईको तालिका बनाउने बताएका छन् ।

राष्ट्रिय सभा बैठकमा सांसदहरुले कोरोना भाइरसको त्रास बढिरहेको बेलामा स्कुल बन्द गर्न किन ढिलाइ गरेको भन्ने प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले चैत्र पाँच गते १ देखि ९ कक्षा सम्मका करिब ५० लाख विद्यार्थीको परीक्षा सकिने र त्यसपछि एक महिना विद्यालयहरु स्वत बन्द हुने बताए ।

‘नेपालमा अहिले ५६ लाख विद्यार्थी अध्ययनरत छन् । मन्त्री ढकालले भने,‘१ देखि ९ सम्मका ५० लाख विद्यार्थीएको जाँच चैत्र पाँच गते सकिन्छ’ मन्त्री ढकालले भने,‘एसईई परीक्षा सञ्चालनको कुरा हामी दुई/तीन दिनसम्म हेरेर यो महामारीको स्थिति कुन अवस्थामा हुन्छ भन्ने कुरालाई हेरेर त्यसको सेडुल बनाउने खालको सोचाइ बनाएका छौं ।’

एसीईई परीक्ष पाँच गतेदेखि सञ्चालन हुन लागेको भन्दै उनले चार गतेसम्मको अवस्था हेरे छिमेकी मित्र राष्ट्रसँगको अवस्था हेरेर यसलाई कति व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरा हेरेर निर्णयमा पुग्ने उनले बताए ।

‘थप संक्रमण भित्रियो भने त्यो जोखिमबाट बच्नलाई त त्यो परीक्षा स्थगित गर्नुको विकल्प रहेन’ उनले भने,‘तर त्यो अलिकति समय लगाएर हेर्दै जाउँ भन्ने कुरा छ ।’

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  २ : ४५ बजे

बुटवल–नारायणगढ सडक : पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

मध्यविन्दु– बुटवल–नारायणगढ सडक विस्तार आयोजनाअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवासस्थित विनयी खोलामा

सरकारी अस्पतालमा दुई दिन बिदा कायम, आकस्मिक सेवा २४ सै घण्टा

काठमाडौं– सरकारी अस्पतालहरूको ओपीडी सेवा अब शनिबार र आइतबार बन्द

प्रहरी निरीक्षक लामाको अन्त्येष्टिमा पुगे गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ प्रहरी निरीक्षक अभय लामाको अन्त्येष्टिमा सहभागी

एमालेले ठूलो धक्का व्यहोरेको छ, नेतृत्व परिवर्तनबारे छलफल गर्न पाएको छैन : विष्णु पौडेल

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा धक्का व्यहोरेको नेकपा

असनमा ‘जीवन्त र समृद्ध असन’ कार्यक्रम, शनिबार सवारी प्रवेश निषेध

काठमाडौं– असन क्षेत्रको मौलिकता संरक्षण र परम्परागत व्यापार प्रवर्द्धन गर्ने