कोरोना संक्रमणबाट बचाउने भन्दै गाईको गउँत पिउने कार्यक्रम आयोजना « Khabarhub

कोरोना संक्रमणबाट बचाउने भन्दै गाईको गउँत पिउने कार्यक्रम आयोजना


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

दिल्ली– कोरोना भाइरसको विश्वभर महामारी फैलिरहेको अवस्थामा वैज्ञानिक एवं चिकित्सकहरु यसविरुद्ध खोपको विकास गर्न लागिपरिरहेका छन् ।

वैज्ञानिकहरु दिन रात नभनी करोडौं लगानीमा खोपको विकास गरिरहेका बेला भारतमा भने कोरोना भाइरसबाट बच्नका लागि गरिएको अचम्मको घटना सार्वजनिक भएको छ ।

भारतमा कोरोनाबाट बच्नका लागि गोमूत्र(गाईको पिसाब वा गउँत) सेवन कार्यक्रम नै आयोजना गरिएको छ । गोमूत्रको सेवनबाट कोरोनाबाट बच्न सकिने दाबी गर्दै भारतको विश्व हिन्दू महासभाले गोमूत्र सेवन कार्यक्रम नै आयोजना गरेको हो ।

शनिबार राजधानी नयाँ दिल्लीमा आयोजना गरिएको गौमूत्र सेवन कार्यक्रममा ठूलो संख्यामा मानिसहरुको उपस्थिती थियो । मानिसहरुले कुनै आपत्ति नजनाइकन गोमूत्र सेवन गरे । यो समारोहमा भारतका राजनीतिक नेताहरुको समेत सहभागिता थियो ।

गौमूत्र र गाईको गोबरले कोरोना भाइरस रोक्न सकिने अफवाह फैलिरहेको अवस्थामा विश्व हिन्दू महासभाले गोमूत्र सेवन कार्यक्रम आयोजना गरेको हो । पूर्वीय धर्म दर्शन तथा आयुर्वेदमा गोमूत्र र गोबरको औषधीय गुण रहेको मान्यता रहिआएको छ ।

भारतमा मात्र नभई विश्वका विभिन्न मुलुकमा यस्तै किसिमका परम्परागत विधिले कोरोना भाइरस रोक्न सकिने वा यसको उपचार हुने मान्यता रहँदै आएको छ । तर, वैज्ञानिकहरुले यस्ता परम्परागत उपचार विधिले कोरोना भाइरस निको पनि नहुने र रोकथाम पनि नहुने बताउँदै आएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ३ : २६ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र