कोरोना संक्रमणबाट बचाउने भन्दै गाईको गउँत पिउने कार्यक्रम आयोजना « Khabarhub

कोरोना संक्रमणबाट बचाउने भन्दै गाईको गउँत पिउने कार्यक्रम आयोजना


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली– कोरोना भाइरसको विश्वभर महामारी फैलिरहेको अवस्थामा वैज्ञानिक एवं चिकित्सकहरु यसविरुद्ध खोपको विकास गर्न लागिपरिरहेका छन् ।

वैज्ञानिकहरु दिन रात नभनी करोडौं लगानीमा खोपको विकास गरिरहेका बेला भारतमा भने कोरोना भाइरसबाट बच्नका लागि गरिएको अचम्मको घटना सार्वजनिक भएको छ ।

भारतमा कोरोनाबाट बच्नका लागि गोमूत्र(गाईको पिसाब वा गउँत) सेवन कार्यक्रम नै आयोजना गरिएको छ । गोमूत्रको सेवनबाट कोरोनाबाट बच्न सकिने दाबी गर्दै भारतको विश्व हिन्दू महासभाले गोमूत्र सेवन कार्यक्रम नै आयोजना गरेको हो ।

शनिबार राजधानी नयाँ दिल्लीमा आयोजना गरिएको गौमूत्र सेवन कार्यक्रममा ठूलो संख्यामा मानिसहरुको उपस्थिती थियो । मानिसहरुले कुनै आपत्ति नजनाइकन गोमूत्र सेवन गरे । यो समारोहमा भारतका राजनीतिक नेताहरुको समेत सहभागिता थियो ।

गौमूत्र र गाईको गोबरले कोरोना भाइरस रोक्न सकिने अफवाह फैलिरहेको अवस्थामा विश्व हिन्दू महासभाले गोमूत्र सेवन कार्यक्रम आयोजना गरेको हो । पूर्वीय धर्म दर्शन तथा आयुर्वेदमा गोमूत्र र गोबरको औषधीय गुण रहेको मान्यता रहिआएको छ ।

भारतमा मात्र नभई विश्वका विभिन्न मुलुकमा यस्तै किसिमका परम्परागत विधिले कोरोना भाइरस रोक्न सकिने वा यसको उपचार हुने मान्यता रहँदै आएको छ । तर, वैज्ञानिकहरुले यस्ता परम्परागत उपचार विधिले कोरोना भाइरस निको पनि नहुने र रोकथाम पनि नहुने बताउँदै आएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ३ : २६ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल