रौतहटमा ईंट्टा उद्योगमा तोडफोड, वडाध्यक्षकै नेतृत्वमा संचालकमाथि हातपात | Khabarhub Khabarhub

रौतहटमा ईंट्टा उद्योगमा तोडफोड, वडाध्यक्षकै नेतृत्वमा संचालकमाथि हातपात


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर–रौतहटको गरुडा नगरपालिका वडा नम्बर ६, दुधियाभार चौक छेउमा रहेको दाइभाइ इट्टा उद्योगमा एक समूहले आक्रमण गरि लाखको क्षति गरेका छन् ।

वडा नम्बर ६ का वडाध्यक्ष अशोक यादवको अगुवाईमा सयौंको संख्यामा गएका समूहले बिहान ९ बजे सो इटा उद्योगमा आक्रमण गरेका हुन् । बाँस, लाठी, घरेलु हातहतियारसहित गएका मानिसहरुले ईंटा उद्योगका संचालक रामबाबू चौधरीका भाइ मुकेश कुमार चौधरी सहित ८ जना माथी संघातिक हमला गरेका हुन् ।

कुटपिटबाट मुकेशलाई गम्भीर चोटपटकपटक लागेको र अन्यलाई सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताए ।

कुटाइबाट गम्भीर घाइते मुकेश कुमार चौधरीलाई गरुडामा समान्य उपचार पछि थप उपचारको लागि एम्बुलेन्सबाट काठमाडौ पठाइएको छ। सामान्य घाइते अन्यको उपचार गरुडामा भइरहेको डिएसपी महतोले बताए ।

आक्रमणकारीहरुले ईंटा भट्टामा रहेको एक थान जेसीबी, एक थान टिपर, दुई थान ट्रेकटर र ३ वटा मोटरसाइकलमा तोडफोड गरेका छन् । दाइ-भाइ इटा उद्योगमा २० लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको घटना स्थल पुगेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिराज खड्काले बताए ।

घटनामा संग्लग्न एक जनालाई प्रहरीले पक्राउ पनि गरेका छन। यस अघि हिजो आइतबार साझ गरुडा नगरपालिका पोटियाहीमा वडा अध्यक्ष अशोक यादवको समूह र वडाका प्रत्यासी रामबाबु चौधरीको समूह बीच भनाभन हुदा ढुङ्गामुढा समेत भएको थियो ।

प्रहरीको सक्रियताले गएराती कुनै घटना हुन नसकेको भएपनी आज बिहान वडा अध्यक्ष अशोक यादव सहितको समुहले आक्रमण गरेका थिए ।

पिडित रामबाबु चौधरीले अशोक यादवले वडा कार्यालयमा रहेको काठ हिनामिना गरेको बारे आफुले अख्तियारमा मुद्दा गरेको कारण सोही रिसिवीमा यो घटना घटाएको र आक्रमणबाट ७० लाख भन्दा बढीको क्षति भएको दाबी गरेका छन् । अहिले घटना स्थल वडा अध्यक्षको गाउँ अमरपट्टी र पोटीयाही गाउँमा घटना नदोहरियोस भने उद्देशयले ठूलो संख्यामा नेपाल प्रहरी र शस्त्र प्रहरीको उपस्थित रहेको छ ।

यस सन्दर्भमा वडा अध्यक्ष आशोक यादवसंग कुरा गर्न खोज्दा कुनै प्रतिक्रिया दिन चाहेनन् ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ५ : १६ बजे

करण केसीको विष्फोटक ब्याटिङमा नेपालको रोमाञ्चक जित

काठमाडौं – करण केसीको विष्फोटक ब्याटिङमा नेपालले आईसीसी क्रिकेट विश्वकप

फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह

गण्डकी – पोखरा पर्यटन परिषद्ले फेवातालको सीमाङ्कनका नाममा दीर्घकालीन योजनाबिना

धर्मरायो नेपालको ब्याटिङ, दीपेन्द्र पनि आउट

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको

दीर्घरोगीलाई मासिक एक हजार जीविकोपार्जन भत्ता

गुल्मी – गुल्मी छत्रकोट गाउँपालिकाले दीर्घरोगी बिरामीहरुलाई मासिक रु एक

राजावादीले भोलि सिफल चौरमा आन्दोलन गर्ने

काठमाडौं – संयुक्त जनआन्दोलन समितिले मंगलबार काठमाडौंको सिफल चौरमा प्रदर्शन