कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्कका नेताहरुको भिडियो कन्फरेन्स शुरु (लाइभ) « Khabarhub

कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्कका नेताहरुको भिडियो कन्फरेन्स शुरु (लाइभ)


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको महामारीविरुद्ध लड्नका लागि साझ रणनीति बनाउन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका नेताहरुको भिडियो कन्फरेन्स शुरु भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा सार्कका नेताहरु भिडियो कन्फरेन्समा सहभागि भएका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले विश्वभर फैलिरहेको कोरोना भाइरसबारे दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका सदस्य राष्ट्रहरुले साझा धारण बनाउनु पर्ने शुक्रवार विहान ट्वीट मार्फत धारणा सार्वजनिक गरेका थिए ।

मोदीको प्रस्ताव स्वीकार गर्दै नेताहरु कन्फरेन्समा सहभागि भएका हुन् ।

यो कन्फरेन्समा मोदीसहित प्रधानमन्त्री केपी शर्मा ओली, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, अफगान राष्ट्रपति अशरफ घानी, भुटानी प्रधानमन्त्री लोटे छिरिङ, माल्दीभ्सका राष्ट्रपति इब्राहिम माहम्मद सोलिह, श्रीलंकाली राष्ट्रपति गोताबाया राजपाक्षे सहभागि छन् ।

पाकिस्तानका तर्फबाट भने स्वास्थ्य मामिलामा प्रधानमन्त्री इमरान खानका विशेष सल्लाहकार डा. जाफर मिर्जाले सहभागिता जनाएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ५ : १८ बजे

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस