कोरोना भाइरसविरुद्ध सहकार्यको ढोका खुल्यो : प्रधानमन्त्री हसिना  « Khabarhub

कोरोना भाइरसविरुद्ध सहकार्यको ढोका खुल्यो : प्रधानमन्त्री हसिना 


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशकी प्रधान्त्री शेख हसिनाले कोरोना भाइरसविरुद्ध साझा धारणा आवश्यक रहेको बताउँदै आफ्नो मुलुकमा हालसम्म तीन जनामा संक्रमण देखा परेको र उनीहरु सबैलाई निको भइसकेको बताएकी छन् ।

कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्कका नेताहरुको भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्री हसिनाले बंगलादेशका स्थानीय क्षेत्रमा कोही पनि संक्रमित नरहेको जानकारी दिइन् ।

उनले सबै मन्त्रालयबीच सबै स्तरमा सहकार्य अघि बढाएको बताइन् । कोरोना संक्रमण नियन्त्रणका लागि सामाजिक सञ्जालमा सूचना जारी गरिएको जनाइन् ।

उनले भनिन, ‘हामीले नयाँ अस्पतालहरु छुट्याएका छौं । हरेक जिल्लामा बेड छुट्याएका छौं । आवश्यक परे अस्थायी अस्पताल बनाउन तयारी गरेका छौं ।
व्यक्तिगत स्वाथ्यमा ध्यान दिन समेत मातहतका निकायलाई निर्देशन दिएका छौं ।’

कोरोना भाइरसविरुद्धको लडाईंमा सहकार्य गर्न उनले आह्वान गरिन् । दक्षिण एसियाली मुलुकहरुले सहायता गर्न आवश्यक रहेको उनको धारणा थियो ।

‘यस्ता किसिमका सहकार्य हुन आवश्यक छ ।’ प्रधानमन्त्री हसिनाले भनिन्, ‘दक्षिण एसियामा भविष्यमा आउनसक्ने जनस्वाथ्य जोखिमविरुद्ध सँगै काम गर्न आवश्यक छ । अनुभव साँटासाँट गरौं, जोखिम रोक्न सवै लागौं ।’

उनले बंगलादेश यसका लागि तयार रहेको बताउँदै सार्कका नेताहरु एकठाउँमा भेला भएकोमा धन्यवाद दिइन् । उनले यस भिडियो कन्फरेन्सले नयाँ स्तरमा सहकार्यको ढोका खुल्ने अपेक्षा समेत राखिन् ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ६ : ०८ बजे

प्रवेशाज्ञा दस्तुरबापत दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर– प्रवेशाज्ञा (भिसा) दस्तुरबापत गत आर्थिक वर्ष २०८२/८३ मा दुई

कुलमानको आरोप- स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिए, कर्मचारीलाई निराश बनाए

काठमाडौं– उज्यालो नेपाल पार्टीले वर्तमान सरकार सस्तो प्रचारमुखी कार्यमा बढी

इरान, ओमान, साउदी अरेबियाद्वारा स्ट्रेट अफ होर्मुजलाई सुरक्षित गर्न संयुक्त प्रयासको आह्वान

तेहरान- इरान, ओमान र साउदी अरेबियाले स्ट्रेट अफ होर्मुजको सुरक्षा

श्रेष्ठको निधनपछि कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

इस्लामावाद- पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक बाढीका कारण