कोरोना भाइरसको त्रास– युरोकप फुटबलको समय सार्न इटालीको आग्रह « Khabarhub

कोरोना भाइरसको त्रास– युरोकप फुटबलको समय सार्न इटालीको आग्रह


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटली– इटलियन फुटबल फेडेरेशनले युरोपक पछि सार्न आग्रह गरेको छ । उसले सिरि ए फुटबलको सिजन पूरा गर्न युरो २०२० पर सार्न आग्रह गरेको हो ।

फेडेरेशनले कोरोना भाइरसको संक्रमणका कारण रोकिएका सिरी ए फुटबलका खेलहरु सकिन समय प्रदान गर्न युईएफएसँग आग्रह गरेको हो ।

इटालियन एफएका अध्यक्ष गाब्रिएल ग्राभिनाले युईएफएको मंगलबार बस्ने आकस्मिक बैठकमा आफुले सो प्रस्ताव लैजाने बताएका छन् ।

सिरि ए फुटबल गत मंगलबारबाट स्थगित छ । ‘हामीले युरो च्याम्पियनसिप स्थगित गर्ने प्रस्ताव लैजादै छौ ।’ ग्रेविनाले भनेका छन् ।

‘हामी सिरि एको अन्तिमसम्म पुग्न कोशिश गर्नेछौ ।’ उनले थपेका छन् ।

युईएफले मंगलबार ५५ सदस्य राष्ट्रका प्रतिनिधिसंग छलफल गर्दैछ । युरो २०२० जुन १२ देखि जुलाई १२ सम्म सञ्चालन गर्ने तयारी छ ।

इटालीको फुटबल महासंघले यसअघि सिरि एको सिजन पुरा हुन नसक्ने बताएको थियो । तर ग्रेविनाले पछिल्लो समय जुन ३० सम्म लिग सक्ने आश व्यक्त गर्न थालेका छन् ।

पूर्व तालिका भन्दा एक महिना ढिलो गरि लिग सक्ने महासंघको विश्वास छ । ईटालीले तत्काल खेलाडीलाई कुनै प्रकारको ट्रेनिङमा सहभागी हुन सुझाव दिएको छ ।

इटालीमा कोरोना भाइरसका कारण आइतबारसम्म ३ सय ६८ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ७ : ४४ बजे

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका