दैलेखमा देखिन थाले लोप हुँदै गएका गिद्ध « Khabarhub

दैलेखमा देखिन थाले लोप हुँदै गएका गिद्ध


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुल्लु– दैलेखका विभिन्न भूभागमा लोप हुँदै गएका गिद्ध देखिन थालेका छन् । मध्य पहाडमा बासस्थान हुने सुन गिद्ध, घाँटी खुलेका र अन्य सानो प्रजातिका गिद्ध यहाँ पछिल्ला वर्षमा बढ्दै गएको पाइन्छ ।

विषाक्त औषधि सेवन गरेर मरेका सिनो खाने क्रम बढेसँगै गिद्ध लोप हुँदै गएको छ । गिद्धले एकै पटक ३०० किमी आकाशीय दूरीमा उडान भर्न सक्छ । नेपाल पन्छी संरक्षण सङ्घ काठमाडौँको अध्ययनानुसार गिद्धले सिमलको रूख, सल्ला, साललगायत १३ प्रजातिका फरकफरक रूखमा गुँड बनाउने गरेको छ ।

दैलेखमा पन्छी हेर्ने छुट्टै कार्यालय छैन । गिद्ध विनाशको प्रमुख कारण डाइक्लोफिन्याक विषादी भएको पशुसेवा कार्यालय प्रमुख कपिल उपाध्यायले बताए । उनले भने, ‘डाइक्लोफिन्याक खुवाइएका पशु चौपाया मरेपछि सिनोसँगै गिद्धले समेत सो विषादी खाएका हुन्छन् जसका कारण गिद्धको मिर्गौलामा समस्या हुने भएपछि गिद्ध लोप हुँदै गएको हो ।’

दैलेखमा दुल्लु, दैलेख नगरपालिका, महाबु गाउँपालिका आदि ठाउँका सिमल र सल्लाका रूख प्रशस्त मात्रामा पाइने भएकाले पछिल्ला दिनमा गिद्धको सङ्ख्या बढ्दै गएको छ ।

नेपालमा गिद्ध संरक्षण गर्ने अभियान थालिए पनि सङ्घीयतासँगै स्थानीय सरकारले यसबारे चासो बढाएका छैनन् ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ३ : ५१ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको