नेपाली टोली र इङ्ग्ल्यान्ड ‘सी’ टीम बीचको मैत्रिपूर्ण खेल पनि रोकियो « Khabarhub

नेपाली टोली र इङ्ग्ल्यान्ड ‘सी’ टीम बीचको मैत्रिपूर्ण खेल पनि रोकियो


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोली र इङ्ग्ल्यान्ड ‘सी’ टिमबीचको मैत्रिपूर्ण खेल स्थगन भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार सूचना सार्वजनिक गर्दै नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण मैत्रिपूर्ण खेल स्थगन गरेको जनाएको छ ।

केही महिना अगाडि एन्फा र इङ्ग्ल्यान्ड फुटबल एसोसिएसन ‘एमओयू’ गरेको थियो । यही वर्षको मे २५ मा इङ्ग्ल्यान्डमा खेल्ने तालिका थियो ।

तर, कोरोनाले असर गर्नै भएपछि तत्कालका लागि यो मितिमा मैत्रिपूर्ण खेल हुने सम्भावना टरेको छ ।

एन्फाले अर्को मिति भने सार्वजनिक गरेको छैन् । दोस्रो मैत्रिपूर्ण खेल भने २०२१ मा नेपालमा आयोजना हुने यसअघि नै बताइसकिएको छ ।

यस्तै, कोरोनाकै कारण एन्फाले चैत १२ गतेसम्मका लागि सबै गतिविधि बन्द गरेको छ । एन्फा कम्प्लेक्स र बुटबल र धरानका एकेडेमी समेत बन्द रहने मंगलबार विज्ञप्तिमार्फत जानकारी दिइसकेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ९ : ४० बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा