त्रिविको परीक्षा स्थगित हुँदैनः उपकुलपति बाँस्कोटा « Khabarhub

त्रिविको परीक्षा स्थगित हुँदैनः उपकुलपति बाँस्कोटा


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले पूर्वनिर्धारित मितिमै तय भएका त्रिविले लिने परीक्षा स्थगित नहुने बताएका छन् ।

कतिपय संकायको परीक्षा भइरहेको र केहीको शुक्रबारदेखि शुरू हुने उनले जानकारी दिए ।

उनले आज डिनहरूसँग भएको छलफलमा परीक्षा स्थगित नगर्ने निर्णय भएको जानकारी दिँदै यस विषयमा आधिकारिक निर्णय बिहीबार हुने बताए ।

‘अहिलेसम्म परीक्षा स्थगित गर्ने कुनै छलफल भएको छैन। भोलि नै आधिकारिक निर्णय गर्छौं,’ बाँस्कोटाले भने।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले बुधबार विद्यालय र क्याम्पसमा पढाइ भने रोक्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ६ : १६ बजे

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार