त्रिविको परीक्षा स्थगित हुँदैनः उपकुलपति बाँस्कोटा « Khabarhub

त्रिविको परीक्षा स्थगित हुँदैनः उपकुलपति बाँस्कोटा


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले पूर्वनिर्धारित मितिमै तय भएका त्रिविले लिने परीक्षा स्थगित नहुने बताएका छन् ।

कतिपय संकायको परीक्षा भइरहेको र केहीको शुक्रबारदेखि शुरू हुने उनले जानकारी दिए ।

उनले आज डिनहरूसँग भएको छलफलमा परीक्षा स्थगित नगर्ने निर्णय भएको जानकारी दिँदै यस विषयमा आधिकारिक निर्णय बिहीबार हुने बताए ।

‘अहिलेसम्म परीक्षा स्थगित गर्ने कुनै छलफल भएको छैन। भोलि नै आधिकारिक निर्णय गर्छौं,’ बाँस्कोटाले भने।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले बुधबार विद्यालय र क्याम्पसमा पढाइ भने रोक्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ६ : १६ बजे

केन्द्र चुक्यो, प्रदेश र स्थानीय सरकारले राम्रो काम गरे : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ १०

एमाले केन्द्रीय कमिटी बैठकमा ९५ प्रतिशतभन्दा बढी सदस्य उपस्थित भएको दाबी

काठमाडौं–  नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा ९५ प्रतिशतभन्दा बढी सदस्यको

एमाले बैठक : ओलीले गरे मोबाइल प्रयोगमा निषेध, फोटो-भिडियो खिच्न र अडियो रेकर्ड गर्न नपाइने

काठमाडौं– नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

अमेरिका–चीनबीच ‘एआई संवाद’ को तयारी

न्युयोर्क- अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा

त्रिपुरेश्वर चोकमा रोकिराखेको बसमा आगलागी

काठमाडौं- काठमाडौंको त्रिपुरेश्वरमा रोकिरहेको एउटा बसमा आगलागी भएको छ। त्रिपुरेश्वरस्थित