त्रिविका सम्पूर्ण परीक्षा पनि स्थगित « Khabarhub

त्रिविका सम्पूर्ण परीक्षा पनि स्थगित


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका सम्‍पूर्ण परीक्षाहरु पनि स्थगित भएका छन् ।

नेकपा सचिवालय बैठकले सम्पूर्ण परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएपश्‍चात त्रिविको परीक्षा पनि स्थगित गरिएको हो।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले आज डिनहरूसँग भएको छलफलमा परीक्षाका विषयमा छलफल भए पनि आधिकारिक निर्णय बिहीबार हुने बताएका थिए ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले बुधबार विद्यालय र क्याम्पसमा पढाइ भने रोक्ने निर्णय गरेको थियो।

बुधबार कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विश्‍वविद्यालयसहित बाल विकास केन्द्र,आधारभूत तथा माध्यमिक विद्यालयहरु र ११ वटै विश्‍वविद्यालयहरुको पठनपाठन चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो।

यसैबीच, प्राविधिक शिक्षा तथा व्यावसाियक तालिम परिषदले पनि एक सूचना जारी गर्दै डिप्लोमा तहका सेमेष्टर परीक्षाहरु पनि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ८ : २७ बजे

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन

प्रधानमन्त्री कार्कीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट

काठमाडौं– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला

नसुध्रिएको त्रिवि : ‘लाइन होइन अनलाइन’ नारामुनि विद्यार्थी बस्छन् घण्टौं लाइन

काठमाडौं– बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय प्रवेश गर्नेबित्तिकै ग्लोबल