एएफसी यु–२३ च्याम्पियनसिप, ओमानसँग भिड्दै नेपाल « Khabarhub

एएफसी यु–२३ च्याम्पियनसिप, ओमानसँग भिड्दै नेपाल


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– एएफसी यू—२३ च्याम्पियनसिपको छनोट अन्तर्गत नेपालले शुक्रबार (आज) ओमानसँग आफ्नो पहिलो खेल खेल्दैछ । ओमानविरुद्ध नेपाली टोलीले दोहा स्पोर्टस् सिटीको एस्पायर–४ मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

खेलअघिको पत्रकार सम्मेलनमा नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बलिया टोलीबिरुद्ध नेपालले दवावमुक्त भएर खेल्ने बताएका छन् ।

‘फिफा बरियाता, पूर्वाधार, प्रदर्शन सबै हिसावले ओमान र कतारजस्ता टिम हामीभन्दा बलिया छन्, हामीले हाम्रो शतप्रतिशत दिएर खेल्दै सकारात्मक नतिजाको अपेक्षा गछौं,’ महर्जनले भने । यद्यपि, खेलाडीहरु घरेलु प्रतियोगितामा व्यस्त रहेका कारण लामो तयारी गर्न नपाएको पनि महर्जनको भनाइ छ ।

त्यस्तै, ओमानका प्रशिक्षक हमाद अजानीले टिममा नयाँ अनुहारको बाहुल्य रहेको बताउँदै उनीहरु सकारात्मक नतिजाका लागि उत्साही रहेको बताए । ‘छोटो तयारीका साथ हामी प्रतियोगिताका लागि आएका छौं,’ अजानीले भने, ‘टिममा धेरैजसो नयाँ अनुहार छन् । तर पनि हाम्रा खेलाडीहरु उत्साही छन् ।’
प्रशिक्षक अजानीले नेपाललाई कमजोर प्रतिस्पर्धीका रुपमा नलिएको बताए । उनले भने, ‘हामीले एसियन गेम्सका बेला जाकार्तामा नेपालको खेल हेरेका छौं, नेपाल पक्कै पनि कमजोर टिम होइन ।’

फिफा बरियातामा नेपाल १ सय ६१ औं स्थानमा छ । ओमान नेपालभन्दा ७१ स्थान माथि अर्थात ९० औं स्थानमा छ । यस्तै, यू–२३ को उमेर समूहमा नेपाल र ओमान पहिलोपटक प्रतिस्पर्धा गर्दैछन् ।

सन् २०२० को जनवरी ८ देखि २६ सम्म थाइल्याण्डमा हुने प्रतियोगिताका लागि छनोट चरणमा ११ समूह छन् । समूह ‘ए’ मा नेपालले ओमान, कतार र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । ११ समूहबाट समूह विजेता र उत्कृष्ट पाँच उपविजेता गरी १५ टिम तथा आयोजक थाइल्याण्डले एएफसी यू२३ फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  १० : ५७ बजे

बाग्मती सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व संकलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो

इजरायल-हेज्बोल्लाहबीच दक्षिणी लेबनानमा लडाईँ तीव्र

काठमाडौं- लेबनानको दक्षिणी सीमा क्षेत्रमा हेज्बोल्लाहविरुद्ध लडिरहेको इजरायलले हवाई आक्रमण

आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको

राखेप र एन्फाबीचको विवादले नेपाली फुटबल क्षेत्रमै असर पार्‍यो : अध्यक्ष तुलाधर

काठमाडौं– संकटा फुटबल क्लबले विदेशी खेलाडीहरूको श्रम स्वीकृति सम्बन्धी विषय

ऊर्जा केन्द्रमा आक्रमण भए फारसको खाडीमा धराप थाप्ने इरानको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजको जलडमरु खुला नगरे इरानका