कोरोनाको त्रासले अभ्यास र प्रशिक्षण नहुँदा बन्द कोठामा खेलाडी | Khabarhub Khabarhub

कोरोनाको त्रासले अभ्यास र प्रशिक्षण नहुँदा बन्द कोठामा खेलाडी


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नोबेल कोरोना भाइरस (कोभिड–१९) विश्वमा महामारीको रुपमा फैलिरहेको छ ।

यसको असर नेपालमा पनि परिसकेको छ । नेपाल सरकारले शिक्षण संस्था, फिल्म हल, धेरै मानिसहरु भेला हुने स्थानहरु र खेलकुद गतिविधि बन्द गर्नुका साथै २५ जना भन्दा बढी मानिसहरु भेला हुन नमिल्ने निर्णय गरिसकेको छ ।

सरकारले सबै खालका खेलकुद गतिविधीसमेत बन्द गरेको छ । कोरोनाका कारण खेलकुद गतिविधी बन्द भएसँगै निरन्तर अभ्यासमा रहनुपर्ने खेलाडीलाई दिन बिताउन मुस्किल परेको छ ।

नियमित खेलकुद गतिविधीमा सहभागी हुने खेलाडीले यतिबेला आफूहरु बन्द कोठामा दिन बिताइरहेको बताएका छन् ।

कोरोनाको त्रासकाबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीले थाइल्यान्डमा सम्पन्न एसीसी इस्टन रिजनमा सहभागीता जनाएको थियो ।

थाइल्यान्डबाट फर्किएपछि नेपाली टोलीका खेलाडीहरु अहिले घरमा आराम गरिरहेका छन् । कोरोनाको त्रास बढेसँगै सरकारले बाहिर नहिड्न भनिसकेपछिका दिन काट्न निकै कठिन भइरहेको राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल बताउँछन् ।

तर, पनि मल्ल कोरोनाबाट जोगिन भीड भाडमा नहिँड्न, मास्क लगाएर घरबाट निस्किन, साबुन पानीले निमित हात धुने बानी पार्नु पर्ने बताउँछन् । उनी कोरोनाबाट अहिले नेपालमा संक्रमण देखिइनसकेको र देखिए पनि डराउनु भन्दा पनि सचेत रहन आग्रह गरेका छन् ।

अहिले एकदिवसीय क्रिकेटको अभ्यास शुरु गर्नु पर्ने बेला कोरोनाका कारण घरमा बस्नु पर्दा समस्या भइरहेको उनी बताउँछन् ।

‘सधै खेलिराख्ने मान्छे घरमा बस्नु पर्दा निकै असहज महसुस भइरहेको छ,’ मल्लले भने । क्रिकेट प्रतियोगिता भइरहँदा घर परिवारलाई समय दिन नसक्ने भएकाले अहिलेको समय परिवारलाई दिन पाएको समेत उनले बताए ।

‘क्रिकेट भइरहँदा परिवारलाई समय दिन पाइँदैन थियो । तर, अहिले घरमै बसिरहेको छु,’ मल्लले भने, ‘अहिले घरमा हुँदा अधिकाशं समय आमा, बुबा परिवार र छोरीसँगै विताउँछु ।’

नेपाली फुटबल टोलीले मार्च १ देखि फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को तयारी थालेको थियो । तर, पछि कोरोनाको प्रभाव पर्नेभन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गतिविधि बन्द गर्न भनेपछि बन्द प्रशिक्षण रद्द गरिएको थियो ।

बन्द प्रशिक्षण रोकिए पछिका दिनहरु निकै कठिन बनेको अनुभव नेपाली फुटबल टोलीका युवा मिडफिल्डर अभिषेक रिजालको छ ।

कलंकीमा रहेको घरमा आमा–बुबासँग दिन विताइरहेका उनी बिहानको समय जिम गर्नु बाहेक अन्य समय सुतेरै कटाउनु परेको बताउँछन् ।

‘आज भोलि निकै गाह्रो भइरहेको छ । बाहिर निस्कन पनि पाइँदैन,’ अभिषेकले खबरहबसँग भने, ‘बिहान र बेलुकीको समय एक्सरसाइज गर्छु । अन्य समय घरमै सुतेर बस्छु ।’

नेपाली महिला फुटबल टोलीकी स्टार स्टाइकर सावित्रा भण्डारीले पनि कोरोनाको त्रासमा दिन वितिरहेको बताउँछिन् ।

शसस्त्र प्रहरी बलको एपीएफ क्लबसँग आवद्ध उनले अहिले नियमित अभ्यासमेत बन्द रहेकाले दैनिकी नै विग्रिएको बताउँछिन् ।

‘खेलाडी कोठामा थन्किनु पर्दा अफ्ठ्यारो भइरहेको छ । बाहिर पनि ननिस्किइ दिन विताउन परिरहेको छ,’ सावित्राले भनिन्,‘राजधानी बाहिर नजान भनेको छ । दिनभर कोठामै हुन्छु । तर, अब एक्लै एक्लै भएपनि अभ्यास गर्नुपर्छ ।’

सावित्राले खेलाडीका लागि खेल्न नपाउनु भन्दा ठूलो पीडा अरु केही नहुने बताइन् । उनले घरमा बस्ने र बाहिर हिँड्ने सबैलाई स्वास्थयमा सावधानी अपनाउन आग्रह गरिन् ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ४ : ०६ बजे

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट

ब्राजिलमा ‘हट एअर बेलुन’ दुर्घटना हुँदा आठ जनाको मृत्यु

साओ पाउलो – ब्राजिलको सान्टा क्याटारिना राज्यका गभर्नरले शनिबार दक्षिणी

भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

काठमाडौं – भारतको उत्तराखण्ड राज्यस्थित काशीपुरमा बन्धक बनाइएका ३५ जना

मुख्यमन्त्री शाहद्वारा लम्कीचुहा प्रादेशिक अस्पतालको अनुगमन

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज यहाँस्थित लम्कीचुहा

दूधपोखरीकुण्डमा जलसतह घट्दै गएकामा स्थानीयको चिन्ता

गण्डकी – लमजुुङको मस्र्याङ्दी गाउँपालिकास्थित धार्मिक महत्त्वको पर्यटकीय तीर्थस्थल दूधपोखरीकुण्डमा