धैर्य गर्नुस्, आतंकित नबन्नुस्– प्रधानमन्त्री ओली « Khabarhub

धैर्य गर्नुस्, आतंकित नबन्नुस्– प्रधानमन्त्री ओली


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसका कारण कोही पनि आतंकित नबन्न आग्रह गरेका छन् ।

कोरोना भाइरसको जोखिमका विषयमा आज देशबासीका नाममा विषेश सम्बोध गर्दै प्रधानमन्त्री ओलीले कोरोनाका कारण आतंकित नबन्न आह्वान गरेका हुन् ।

उनले आफ्नो आनीवानी परिवर्तन गर्न आह्वान समेत गरे । सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,‘ हामीसँग त्यसबाहेक अरु विकल्प छैन । सरसफाईमा उचित ध्यान दिनुस् । हात धुने, सकेसम्म घरमा बस्नुस् । अत्यावश्यक बस्तु सञ्चय नगर्नुस् ।’

नेपालमा कोरोना भाइरसको जोखिम नदेखिनु राम्रो भएको भन्दै प्रधानमन्त्री ओलीले नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको बताए ।

देशमा संक्रमण फैलिन नदिने, क्वारेन्टाइनको व्यवस्था मिलाउने लगाएतको काम गरेको भन्दै प्रधानमन्त्री ओलीले जोखिम न्युनिकरणका लागि ५ वटा तयारी बैठक बसिसकेको बताए ।

प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर एकिकृत रुपमा काम गर्दै आएको भन्दै प्रधानमन्त्री ओलीले भने,‘हामीले केही समयका लागि आफ्नो आनीवानी व्यवहार सुधार गर्नुपर्ने देखिएको छ ।’

सबै नेपालीको इच्छाशक्ति, उच्च मनोवल र एकताका लागि समेत प्रधानमन्त्री ओलीले आह्वान गरेका छन् ।

कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने

प्रधानमन्त्री ओलीले नीजि क्षेत्रसँगको समन्वयमा नियमित आपुर्तिको व्यवस्था मिलाइएको भन्दै कालाबजारी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

अर्थव्यवस्थामा पर्नसक्ने असरका बारेमा अर्थ मन्त्रालयले अध्ययन गरेको भन्दै अर्थव्यवस्थालाई संकुचित हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

अन्तर्राष्ट्रिय हवाई उडान ९ गतेदेखि २१ गतेसम्मका लागि बन्द गर्ने, सिमानाकामा अनिवार्य स्वास्थ्यजाँचको व्यवस्था गरिएको जानकारी दिए ।

त्यस्तै लामो दूरीका सवारी साधन चैत १० देखि केही समयका लागि बन्द गरिने घोषणा गरे ।

प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपालीलाई नआत्तिन र चिन्तित नहुन आग्रह गर्दै उनले कुटनीतिक निकायमा सम्पर्क राख्न समेत आग्रह गरेका छन् ।

सार्क राष्ट्रको पहलमा निर्माण हुने कोषमा १० करोड योगदान गर्ने ओलीको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क मुलुकले स्थापना गरेको कोषमा १० करोड रुपैया सहयोग गर्ने घोषणा गरेका छन् ।

देशबासीका नाममा विषेश सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सार्क मुलुकहरुले बनाउने कोषमा १० करोड रुपैया दिने घोषणा गरेका हुन् ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ६ : ३६ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा