मेस्सी र रोनाल्डो भन्दा एमबाप्पे महंगो « Khabarhub

मेस्सी र रोनाल्डो भन्दा एमबाप्पे महंगो


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो विश्वकप फुटबलबाट उदाएका फ्रान्सका खेलाडी केलियन एमबाप्पेले लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई पछि पारेका छन् ।

पेरीस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर केलियन एमबाप्पे विश्वकै सर्वाधिक मुल्यवान खेलाडी बनेका हुन् ।

ट्रान्सफरमार्केटले सार्वजनिक गरेको एक अध्ययन अनुसार फ्रान्सका युवा स्टार एमबाप्पे मुल्यवान खेलाडी बनेका हुन् ।

एमबाप्पेको मूल्य १ सय ८९ मिलियन पाउण्ड रहेको छ । उनले म्यानचेस्टर सिटीका स्ट्राइकर रहिम स्ट्रर्लिङलाई पछि पारेका छन् ।

दोस्रो स्थानमा रहेका स्ट्रर्लिङको मूल्य १ सय ५१ मिलियन पाउण्ड रहेको छ ।

पीएसजीकै फरवार्ड नेयमार तेस्रो, लिभरपुलका साडियो माने चौंथो र मोहमद सलाह पाँचौं स्थानमा रहेका छन् ।

नेयमारको मूल्य १ सय ५१ मिलियन पाउण्ड रहदा माने र सलाहको मूल्य समान १ सय ४१ मिलियन पाउण्ड रहेको छ ।

सर्वाधिक महंगा खेलाडीको सूचिमा मेस्सी ८ औं नम्बरमा छन् भने रोनाल्डोको नाम टप टेनभित्र समेत अटाएको छैन ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ६ : ४२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै