४ लाखको सिक्री लगाउने लखपति कुकुर « Khabarhub

४ लाखको सिक्री लगाउने लखपति कुकुर


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कसैले पाएको वा पाउने दुखःलाई हामी कहाँ कुकुरसंग तुलना गर्ने चलन छ । बोलीचालीको भाषामा हामी कुकुरले पाएको दुखः भन्ने चलन छ ।

अर्थात कुकुरले सबैभन्दा बढि दुखः पाउने मान्यता रहदै आएको छ । तर यो दुनियाँमा केहि यस्ता कुकुर पनि छन् जो सुखसयलको जीवन मात्र होइन, लाखौको सम्पतीको मालिक समेत रहने गरेका छन् ।

भारतको बिहारस्थित बेगूसरायमा एक कुकुर अहिले लखपति बनेको छ । खासमा यसरी कुकुर लखपती हुनुको कारण चाहिँ केहि दिन यता यस कुकुरको मालिकले उसलाई ४ लाख रुपैया बराबरको सुनको सिक्रिका कारणले हो ।

ती मालिकले आफ्नो कुकुरलाई चार लाखको सुनको सिक्रि लगाइदिनुको कारण चाहिँ अझ रोचक छ । १३ मार्चमा दरभंगामा टेण्डर हात पार्न अमित कुमार सिंह आफ्नो घर पालुवा कुकुर सहित पुगेका थिए ।

तर त्यहाँ भएको आपसी मतभेद र झगडाका क्रममा कुख्यात अपराधी राम भरोसी सिंहका सर्मथकले अमित माथि गोलिबारी शुरु गरे ।

यस गोलीबारीमा एक सिपाही सहित ३ जना घाइते भएका थिए । अमितमाथी अपराधको योजना बनाएर हमला गरेको थाहा पाएपछि प्रहरी थप बल लिएर अमितको पुग्यो । तर आफ्नो मालिक प्रति वफादार कुकुरले त्यतिबेलासम्म अपराधिलाई भगाइसकेको थियो ।

तथापी प्रहरी सबै अपराधिलाई पक्राउ गर्यो । आफ्नो जीवन बचाउने कुकुरलाई अमितले चार लाखको सुनको सिक्रि लाइदिए । जसका कारण कुकुर रातरात लखपती बन्यो । कुकुरको यस बहादुरीलाई सह्राना गर्दै धेरैले सम्मान तथा इनाम समेत दिएका छन् । जीन्यूजबाट

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ८ : ३५ बजे

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)

 प्रतिनिधिसभा : विद्युतीय चुलो प्रवर्द्धनमा जोड

काठमाडौं– आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड

अर्धमासिक तलब भुक्तानी गर्न परिपत्र

काठमाडौं– महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवक कर्मचारीको तलब भत्ता अर्धमासिक रुपमा

प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट, सङ्घीयता कार्यान्वयनका चुनौतीबारे छलफल

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट