प्रधानमन्त्री भन्छन्– नेकपाको एकता आकस्मिक रुपमा टुंगिन्छ « Khabarhub

प्रधानमन्त्री भन्छन्– नेकपाको एकता आकस्मिक रुपमा टुंगिन्छ


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


भैरहवा– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा पार्टीको एकता आकस्मिक रुपमा टुंगिने बताएका छन् ।

रुपन्देहीको भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्न पुगेका प्रधानमन्त्री ओलीले स्थानीय तहमा पार्टी एकताको काम आकस्मिक रुपमा टुंगिने बताएका हुन् ।

चुनावी गठवन्धनदेखि पार्टी एकता घोषणाजस्ता कामहरु आकस्मिक रुपमा टुंगिएको बताउँदै ओलीले भने, ‘धेरै गतिविधिहरु आकस्मिक रुपमा टुंगिएका छन्, स्थानीय तहको एकता पनि आकस्मिक रुपमा नै टुंगिने छ ।’

शुक्रबार बिहान भैरहवा पुगेका प्रधानमन्त्री ओलीले विमानस्थलको हालसम्मको कार्यप्रगति सन्तोषजनक भएको भन्दै निर्माण कार्यलाई थप गति दिई चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिए ।

प्रधानमन्त्री ओलीका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमसहितले निर्माणाधीन विमानस्थलको स्थलगत अवलोकन गरेका थिए ।

विमानस्थलको प्रगति विवरणबारे आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  १२ : ५७ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका