कोरोना भाइरसले अमेरिकी शेयर बजार प्रभावित | Khabarhub Khabarhub

कोरोना भाइरसले अमेरिकी शेयर बजार प्रभावित


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणले अमेरिकी शेयर बजार प्रभावित भएको छ ।

अमेरिकी शेयर बजार वाल स्ट्रीट साताको सुरुवातमा झैं अन्त्यमा पनि सकारात्मक हुन सकेन ।

शेयर बजारमा गिरावट भइरहँदा कच्चा तेलको मूल्यमा पनि नकारात्मक असर देखिएको छ ।

अमेरिकी कच्चा तेलको मूल्यमा करिब २१ प्रतिशत गिरावट आएको छ ।  यो सन् २००२ को फेब्रुअरीपछि पहिलो पटक प्रति ब्यारेल २० डलर भन्दा तल पुगेको छ ।

एसियाली शेयर बजारमा केही सुधार देखिए पनि अमेरिकाकै प्रतिष्ठित शेयर सूचक डाउजोन्स औद्योगिक समूह एकै दिन ९०० अङ्कले घटेको छ ।

सातामा डाउजोन्स १७.३ प्रतिशतले घटेको छ । पछिल्ला चार हप्ता शेयर सूचकांकमा लगातार गिरावट आएको हो ।

सन् २००८ को वित्तीय सङ्कटका कारण शेयर बजारमा देखिएको मन्दीपछि यो नै सर्वाधिक खराब अवस्था भएको टिप्पणीहरु भएका छन् ।

केन्द्रीय बैंकहरू र सरकारहरूले आर्थिक क्षतिलाई कम गर्न आपतकालीन कार्यक्रमहरू घोषणा गरिरहेका छन् तर यो अपर्याप्त कदम रहेको भन्दै आलोचना हुन थालेको छ ।

मानिसहरु विश्व अर्थतन्त्रको पहिलो नम्बरमा रहेको अमेरिकामा नोक्सान सहनु परेका घरपरिवार र उद्योगहरुलाई ट्रम्प प्रशासनले अर्बौं डलरको राहत उपलब्ध गराउने अपेक्षा गरिरहेका छन् ।

न्यूयोर्कका गभर्नर एन्ड्र्यू कुमोले अधिकांश कामदारहरूलाई घरमै बस्न आदेश दिएपछि शुक्रबार शेयरको बिक्री एकाएक बढेको थियो ।

लगानीकर्ताहरू बजारको वर्तमान अस्थिरतालाई रोक्न कोरोनाभाइरसको नयाँ संक्रमण रोकिनुको विकल्प नरहेको बताउँछन् ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  २ : २३ बजे

भारतीय विद्युतमन्त्री खट्टर आज नेपाल आउँदै 

काठमाडौं– भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार

पोपको निधनले संसारका धेरै कार्यक्रम प्रभावित

काठमाडौं – पोप फ्रान्सिसको निधनले संसारका धेरै देशका निर्धारित कार्यक्रम

बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुँजीगत बजेट कार्यान्वयनको

पाल्ही बहुमुखी सहकारी संस्थामा ८५ लाख बढी हिनामिना

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका– ४ मा सञ्चालित पाल्ही

मर्स्याङ्दी जलविद्युतबाट प्रभावित १९ परिवारलाई मुआब्जा 

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका- ४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रबाट प्रभावित