कोभिड–१९ : महोत्तरीका सीमा नाका बन्द | Khabarhub Khabarhub

कोभिड–१९ : महोत्तरीका सीमा नाका बन्द


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ध्यान दिँद जिल्लाका भारतीय सीमानाका बन्द गरिएका छन् ।

जिल्लाको भिठ्ठामोरबाहेकका सबै सीमानाका आवातजावत गर्न समेत पूर्णरूपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

जिल्ला सुरक्षा समितिको शनिबारको बैठकले विभिन्न ११ मुख्य र अरु बस्ती/बस्तीसँग जोडिएका नाका आजदेखि बन्द गर्ने निर्णय गरेको थियो ।

करिब ३८ किलोमिटर भारतसँग सीमा जोडिएको जिल्लामा बाक्लो ओहोरदोहोर हुँदै आएका खैरवनी, सम्सी, गैढाभेटपुर, पोखरभिण्डा, इँटहर्वाकट्टी, कटैया, बथनाहा, मधवा, नैन्ही, पर्सापतैली र मटिहानीसहितका नाकाबाट आवतजावत पूर्ण बन्द गरिएको छ । यसैगरी रघुनाथपुर, सग्रामपुर, कट्टी, शिशवाकटैया, मुसरपट्टी, मलिवारा र सकरीलगायतका सीमाबाट हुने आवतजावत पनि पूर्णरूपले बन्द गरिएका छन् ।

बन्द गरिएका नाकामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा अनुगमन गस्ती शुरु गरेका जनाइएको छ । सीमाक्षेत्रका सबै स्थानीय तहसँग समन्वय गरेर सीमा वारपार नगर्न लगातार सन्देश प्रवाह गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिए ।

मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले कोरोना भाइरसको जोखिम विरुद्ध सामूहिक काम गर्न आवश्यक रहेको बताए।

जिल्लामा भारतसँग सीमा जोडिएका मटिहानी, जलेश्वर, मनराशिशवासहित तीन नगरपालिका एवं एकडारा र सम्सीसहित दुई गाउँपालिकासमेत पाँच स्थानीय तह पर्दछन् । जिल्लाका भिठ्ठामोर र मटिहानीमा उपकरणसहितको स्वास्थ टोली यसअघि नै सञ्चालनमा आइसकेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ९ : ४६ बजे

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक