टर्कीको स्टिल कारखानामा विस्फोट, तीन जनाको मृत्यु, १० बेपत्ता « Khabarhub

टर्कीको स्टिल कारखानामा विस्फोट, तीन जनाको मृत्यु, १० बेपत्ता


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इज्मिर – पश्चिमी टर्कीको एक फलाम तथा स्टिल कारखानामा विस्फोटपछि भएको आगलागीमा परी तीन जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् ।

सोमबार इज्मिर प्रान्तको आलियागास्थित हाबास स्टिल कारखानामा विस्फोट हुँदा १४ जना कामदार घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रान्तीय गभर्नरको कार्यालयले जनाएको छ ।

कारखानाको भग्नावशेषमा फसेका १० जनाको खोजी तथा उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् । आन्तरिक मामिलामन्त्री मुस्तफा सिफ्टचीका अनुसार उद्धार टोलीले आगो नियन्त्रणमा लिँदै प्रभावित कामदारको खोजी गरिरहेको छ ।

प्रान्तीय गभर्नरको कार्यालयका अनुसार तरल स्टिल ढाल्ने क्रममा माथि रहेको क्रेन भट्टीभित्र खसेपछि विस्फोट भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको छ ।

सरकारी समाचार संस्था आनादोलुका अनुसार विस्फोट यति शक्तिशाली थियो कि आसपासको जमिनसमेत हल्लिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

सन् १९८७ मा स्थापना भएको हाबास कारखानाको वार्षिक स्टिल उत्पादन क्षमता ४५ लाख टन रहेको कम्पनीको वेबसाइटमा उल्लेख छ । आलियागा क्षेत्र ठूलो बन्दरगाह र जहाज भत्काउने उद्योगका लागि समेत परिचित छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  ७ : १७ बजे

टर्कीको स्टिल कारखानामा विस्फोट, तीन जनाको मृत्यु, १० बेपत्ता

इज्मिर – पश्चिमी टर्कीको एक फलाम तथा स्टिल कारखानामा विस्फोटपछि

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ, २५ लाख बरामद

काठमाडौं -प्रहरीले देशका विभिन्न जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा १०७ जनालाई

काठमाडौंद्वारा चितवनसामु १ सय ८१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन

कोप–३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

चितवनविरुद्ध काठमाडौंले गुमायो छैठौँ विकेट, करण आउट

नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन राइनोज