युभेन्ट्सका फरवार्ड डिबाला र उनकी प्रेमिकालाई कोरोना संक्रमणको पुष्टि | Khabarhub Khabarhub

युभेन्ट्सका फरवार्ड डिबाला र उनकी प्रेमिकालाई कोरोना संक्रमणको पुष्टि


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्जेन्टिना तथा युभेन्ट्सका फरवार्ड पाउलो डिबाला र इटालीका पूर्व कप्तान पाउलो माल्दिनीलाई कोरोना भाइसर (कोभिड–१९) को संक्रमण फेला परेको छ ।

डिबालाले आफ्नो इन्टाग्राम एकाउन्टमा प्रेमिकासहितको फोटो सार्वजनिक गर्दै कोरोना प्रमाणित भएको बताएका छन् । ‘ओरिना र मलाई भाइरस संक्रमण देखिएको छ,’ २६ वर्षीय डिबालाले लेखेका छन्, ‘ भाग्यवश हामी राम्रो अवस्थामा छौं ।’

यस्तै, एसी मिलानका डाइरेक्टर माल्दिनी र उनका छोरा ड्यानीयललाई पनि संक्रमण देखिएको छ ।

माल्दिनी र उनका छोरालाई संक्रमण देखिएको विज्ञप्तिमार्फत् क्लबले जानकारी गराउँदै उनीहरुको अवस्था राम्रो रहेको उल्लेख गरेको छ ।

अहिले २ हप्ता माल्दिनीका बाबु छोरा ‘सेल्फ आइसोलेसनमा रहने र त्यसपछिको समय चिकित्सकहरुको सल्लाह बमोजिम क्वारेन्टाइममा रहने क्लबले जनाएको छ ।

कोरोनाको संक्रमण भेटीएका डिबाला युभेन्ट्सका तेस्रा खेलाडी हुन् । यसअघि सेन्ट्रल ब्याक ड्यानीयल रुगानी र फ्रान्सका विश्व विजेता ब्लाइसे माटुइडीलाई पोजेटिभ भेटिएको थियो ।

इटाली सरकारले अप्रिल तीन सम्मका लागि सबै खेल गतिविधि बन्द गरिसकेको छ । अहिलेसम्म इटालीमा ४ हजार ८ सय २५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ११ : ०० बजे

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने

काठमाडौं– भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने भएको छ

लोकप्रिय बन्दै कोदोको बिस्कुट

गलकोट– बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएकोको कोदोको बिस्कुट छोटो

माधवलाई ओलीको कटाक्ष- ‘प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक गर्दछन्’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका

इन्डोनेसियामा बाढी र पहिरोबाट १५ जनाको मृत्यु

काठमाडौं– मध्य इन्डोनेसियामा पहिरो र बाढीले दर्जनौँ घर बगाउँदा कम्तिमा

वायु प्रदूषण नियन्त्रणको माग गर्दै काठमाडौंमा प्रदर्शन 

काठमाडौं– देशभर बढेको वायु प्रदूषण नियन्त्रणका लागि पहल गर्न माग