स्कटल्यान्ड क्रिकेटका पूर्व कप्तान माजिद हकलाई कोरोनाको संक्रमण « Khabarhub

स्कटल्यान्ड क्रिकेटका पूर्व कप्तान माजिद हकलाई कोरोनाको संक्रमण


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्कटल्यान्डको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान माजिद हकलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ ।

उनले आफ्नो ट्वीटर एकाउन्टमार्फत आफुलाई कोरोनाको संक्रमण देखिएको जानकारी दिएका हुन् ।

३७ वर्षीय अफ स्पिनरले स्कटल्यान्डको रोयल एलेक्सजेन्ड्रीया अस्पतालमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताएका छन् ।

‘म आफु सकुसल स्वस्थ भएर घर फर्किने योजनामा छु,’ हकले भनेका छन् । उनले आफ्नो उपचारमा संलग्न चिकित्सकलाई धन्यवाद भनेका छन् ।

हकले स्कटल्यान्डका लागि सन् २००६ देखि २०१५ सम्म ५४ एकदिवसीय खेल खेलेका छन् भने २४ टि–२० खेल खेलेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ११ : ०६ बजे

छ महिनाभित्र बाँकेमा ८६ जनामा कुष्ठरोग पुष्टि

जानकी– चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका

कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च

कर्णाली– कर्णाली प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको

मध्यपहाडको साइकलयात्रामा क्यान्सर विजेतासहितको टोली

गण्डकी– “क्यान्सरलाई जितेपछिको खुसी र सन्तुष्टि अरूलाई बाँड्न चाहन्छु”, हाल

‘जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ’

पाटन (ललितपुर)- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी सहिद

एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्रको लगातार तेस्रो जीत

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले लगातार