नेपाल छिरेका २६ जना भारतीयलाई फिर्ता पठाइयो « Khabarhub

नेपाल छिरेका २६ जना भारतीयलाई फिर्ता पठाइयो


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– भारतबाट नेपाल प्रवेश गरेका २६ जना भारतीय नागरिकलाई फिर्ता पठाइएको छ । नेपालगञ्ज हुँदै दाङको तुलसीपुर तर्फ आएका उनीहरुलाई फिर्ता गरिएको हो ।

कोरोना भाइरसको जाँचका लागि स्थापना गरिएको ‘हेल्थ-डेस्क’ तुलसीपुर १३ दमारगाउँबाट उनीहरूलाई फिर्ता पठाइएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रबर्द्धन जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए ।

शनिबार नेपालगञ्जबाट तुलसीपुरतर्फ आउँदै गरेको बसमा सवार उनीहरूलाई सोधपुछ गर्दा भारत हुँदै नेपाल आएको खुलेपछि फिर्ता पठाइएको हो ।

उनीहरूले बिजौरीका विभिन्न ईंट्टाभट्टामा काम गर्नका लागि तुलसीपुर आएको बताएका छन् । उनीहरूले आफूहरूको घर नेपालगञ्ज भने पनि स्थायी ठेगाना खुलेको छैन । उनीहरू शनिबार भारतको नानपारादेखि नेपाल आएको खुलेको छ । ‘

कोरोना भाइस रोकथाम तथा उच्च सर्तकताका लागि तुलसीपुर उपमहानगरपालिकाले दुई स्थानमा ‘हेल्थ-डेस्क’ स्थापना गरी जाँच गर्न शुरू गरेको छ। विशेषगरी भारतको नाकासँग जोडिएको जिल्ला भएकाले नेपालगञ्जदेखि तुलसीपुर आउने यात्रुहरूका लागि दमारगाउँ र हवाई यात्रा प्रयोग गर्नेहरूलाई लक्षित गदै टरिगाउँ एयरपोर्टमा ‘हेल्थ-डेस्क’ स्थापना गरिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १२ : ५० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै