तेक्वान्दो संघको केन्द्रदेखि प्रदेश र जिल्लाका कार्यालय बन्द « Khabarhub

तेक्वान्दो संघको केन्द्रदेखि प्रदेश र जिल्लाका कार्यालय बन्द


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल तेक्वान्दो संघको केन्द्रदेखि प्रदेश र जिल्लाका कार्यालय बन्द गर्ने जनाएको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै संघले ललितपुरस्थिगत केन्द्रीय कार्यालय चैत ९ गतेदेखि २२ गतेसम्म बन्द रहने जानकारी दिएको हो ।

यस्तै, प्रदेश, जिल्लाहरु पनि २२ गतेसम्मका लागि बन्द हुने जनाइएको छ । नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले आइतबारदेखि २२ गतेसम्म संघ संस्थाहरु बन्द गर्ने निर्णय गरेको थियो ।

यसै अनुसार तेक्वान्दो संघले आफ्ना सबै कार्यालय बन्द गर्न लागेको हो । संघले विभिन्न डोजाङलाई तालिम पनि बन्द गर्न आग्रह गरेको छ ।

अहिलेसम्म नेपालमा कोरोना भाइरस भएको पुष्टी हुन सकेको छैन । तर, विश्वभर ११ हजार भन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १२ : ५६ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं