मिर्गौला रोगबाट पीडित तामाङलाई आर्थिक सहयोग हस्तान्तरण « Khabarhub

मिर्गौला रोगबाट पीडित तामाङलाई आर्थिक सहयोग हस्तान्तरण


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुबै मिर्गौलामा समस्या आएपछि त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा काम गर्दै आएका जय बहादुर तामाङ (सेते दाई) अहिले वीर अस्पतालमा उपचाररत छन् ।

उपचारमा आर्थिक समस्या भएपछि उनका सहयोगका लागि नेपाल क्रिकेट समर्थक समाज (एनसीसीएस) ले आर्थिक संकलन गर्न अभियान चलाइरहेको छ ।

अभियानमार्फत् आइतबारसम्म संकलन भएको ५० हजार रुपैयाँ एनसीसीएसले तामाङ पत्नी निरमाया तामाङलाई हस्तान्तरण गरेको छ ।
नेपाली क्रिकेटलाई माया गर्ने व्यक्ति तथा संस्थाहरुले तामाङको उपचारका लागि सहयोग गरिरहेको एनसीसीएसले जनाएको छ । यसअघि सिप्यानले पनि तामाङको उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

एनसीसीएसले अभियानमार्फत् आएको ६ हजार ३ सय ५० यसअघि नै तामाङको बैङ्क खातामा हाल्दिएको सस्थापक अध्यक्ष भानु सिग्देलले बताए । तामाङ १५ वर्ष देखि त्रिवि क्रिकेट मैदानमा काम गर्दै आएका छन् ।

उनको उपचारका लागि घोषणा भएर उठ्न बाँकी ३ हजार हाराहारी रकम उठ्न बाँकी रहेको सिग्देलले बताएका छन् । अस्पतालको आईसीयुको बेड नम्बर ४ मा रहेका उनका लागि उठ्ने रकम आउँदो शुक्रबार पुन हस्तान्तरण गर्ने छ ।

तामाङका लागि सहयोग गर्न चहानेहरुले नेपाली क्रिकेट समर्थक समाजको ग्लोबल आईएमई बैङ्कको बसुन्धारा शाखामा रहेको खाता नम्बर ०८०१०१०००१५८७, ईसेवामार्फत् ९८४३३५७५५९ र ९८५११४८५२८ मा, रेमिट्यान्समा विराज घिमिरे, काठमाडौंका ठेगाननामा ९८५१०९६९२२ मा पठाउन सक्नेछन् ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ४ : ४३ बजे

भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार

काठमाडौँ – शक्तिशाली भूकम्प गएको केही दिनपछि भेनेजुएलामा भग्नावशेषबाट जीवितै

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९सोमबार० का लागि विदेशी

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण