मिर्गौला रोगबाट पीडित तामाङलाई आर्थिक सहयोग हस्तान्तरण « Khabarhub

मिर्गौला रोगबाट पीडित तामाङलाई आर्थिक सहयोग हस्तान्तरण


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुबै मिर्गौलामा समस्या आएपछि त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा काम गर्दै आएका जय बहादुर तामाङ (सेते दाई) अहिले वीर अस्पतालमा उपचाररत छन् ।

उपचारमा आर्थिक समस्या भएपछि उनका सहयोगका लागि नेपाल क्रिकेट समर्थक समाज (एनसीसीएस) ले आर्थिक संकलन गर्न अभियान चलाइरहेको छ ।

अभियानमार्फत् आइतबारसम्म संकलन भएको ५० हजार रुपैयाँ एनसीसीएसले तामाङ पत्नी निरमाया तामाङलाई हस्तान्तरण गरेको छ ।
नेपाली क्रिकेटलाई माया गर्ने व्यक्ति तथा संस्थाहरुले तामाङको उपचारका लागि सहयोग गरिरहेको एनसीसीएसले जनाएको छ । यसअघि सिप्यानले पनि तामाङको उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

एनसीसीएसले अभियानमार्फत् आएको ६ हजार ३ सय ५० यसअघि नै तामाङको बैङ्क खातामा हाल्दिएको सस्थापक अध्यक्ष भानु सिग्देलले बताए । तामाङ १५ वर्ष देखि त्रिवि क्रिकेट मैदानमा काम गर्दै आएका छन् ।

उनको उपचारका लागि घोषणा भएर उठ्न बाँकी ३ हजार हाराहारी रकम उठ्न बाँकी रहेको सिग्देलले बताएका छन् । अस्पतालको आईसीयुको बेड नम्बर ४ मा रहेका उनका लागि उठ्ने रकम आउँदो शुक्रबार पुन हस्तान्तरण गर्ने छ ।

तामाङका लागि सहयोग गर्न चहानेहरुले नेपाली क्रिकेट समर्थक समाजको ग्लोबल आईएमई बैङ्कको बसुन्धारा शाखामा रहेको खाता नम्बर ०८०१०१०००१५८७, ईसेवामार्फत् ९८४३३५७५५९ र ९८५११४८५२८ मा, रेमिट्यान्समा विराज घिमिरे, काठमाडौंका ठेगाननामा ९८५१०९६९२२ मा पठाउन सक्नेछन् ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ४ : ४३ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय