दक्षिण कोरियाले आजदेखि नेपालबाट आफ्ना नागरिक फर्काउँदै « Khabarhub

दक्षिण कोरियाले आजदेखि नेपालबाट आफ्ना नागरिक फर्काउँदै


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि दक्षिण कोरियाले आजदेखि आफ्ना नागरिकलाई स्वदेश फर्काउँने भएको छ ।

नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार दक्षिण कोरियाले नेपालमा रहेका आफ्ना नागरिक लान खालि विमान पठाउँदै छ ।

सोही विमानमार्फत आज बेलुका ७ बजे कोरियाका नागरिकलाई लाने सूचना आएको क्षेत्रीले जानकारी दिए ।

नेपालस्थित दक्षिण कोरियाली दूतावास स्रोतका अनुसार नेपालमा रहेका करिव ९ सय जना कोरियाली नागरिकलाई हरेक हप्ता एउटा विमानमार्फत कोरिया लगिनेछ ।

नेपालले आइतबारदेखि सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाए पनि कोरियाका नागरिक लानका लागि दक्षिण कोरियालाई एउटा विमान उडानको अनुमति दिइएको छ । तर त्यस्तो विमान नेपाल आउँदा खालि आउनुपर्ने सर्त राखिएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १० : ३३ बजे

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा

मनोहरा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङ पुगे च्यासल

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ बाढी आएपछिको अवस्था अवलोकनका लागि नेकपा

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच