कोरोना संक्रमणको सबैभन्दा बढी मृत्युदर इण्डोनेशिया र इटलीमा | Khabarhub Khabarhub

कोरोना संक्रमणको सबैभन्दा बढी मृत्युदर इण्डोनेशिया र इटलीमा


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार सोमबार मध्याह्नसम्ममा विश्वका १८६ देशमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण फैलिएको छ ।

यी देशमा कुल २ लाख ९४ हजार ११० जना संक्रमित भएका छन् । यी मध्ये १२ हजार ९४४ जनाको मृत्यु भएको छ ।

विश्वमा कोभिड–१९ संक्रमितको संख्याका आधारमा मृत्युदर ४.४० प्रतिशत रहेको छ ।

सबैभन्दा धेरै युरोपेली मुलुक इटलीमा ५३ हजार ५७८ जनामा संक्रमण भएकोमा ४ हजार ८२७ जनाको मृत्यु भएको छ । इटलीको यो मृत्युदर ९.० प्रतिशत हो ।

युरोपकै अर्को मुलुक स्पेनमा मृत्युदर ५.३१ रहेको छ । हालसम्म २४ हजार ९२६ जनामा संक्रमण भएकोमा १ हजार ३२६ जनको मृत्यु भएको छ ।

बेलायतमा मृत्युदर ४.४६ प्रतिशत रहेको छ । त्यहाँ ५ हजार १८ जनामा संक्रमण देखिएकोमा २३३ जनाको मृत्यु भएको छ ।

फ्रान्समा मृत्युदर ३.९३ प्रतिशत रहेको छ । त्यहाँ हालसम्म १४ हजार २९६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएकोमा ५६२ जनाको मृत्यु भएको छ ।

टर्कीमा हालसम्म ९४७ जनामा संक्रमण भएकोमा २१ जनाको मृत्यु भएको छ । यो मृत्युदर २.२१ प्रतिशत हो ।

संयुक्त राज्य अमेरिकामा मृत्युदर १.३२ प्रतिशत रहेको छ । हालसम्म १५ हजार २१९ जनामा संक्रमण भएकोमा २०१ जनाको मृत्यु भएको छ ।

एशियाली मुलुकमा सबैभन्दा बढी मृत्युद इण्डोनेशियामा देखिएको छ ।

हालसम्म ५१४ जनामा संक्रमण भएकोमा ४८ जनाको मृत्यु भएको छ । यो मृत्यु दर ९.३३ प्रतिशत हो । हालसम्ममा यो नै सबैभन्दा बढी मृत्युदर हो ।

एशियाली मुलुकमा बढी मृत्युदर देखिएको अर्को देश हो इरान । यहाँ हालसम्म २१ हजार ६३८ जनामा संक्रण फेला परेकोमा १६८५ जनाको मृत्यु भएको छ । यो मृत्युदर ७.७८ प्रतिशत हो ।

जापानमा कोभिड–१९ संक्रमणको मृत्युदर ३.४४ प्रतिशत रहेको छ । हालसम्म १ हजार ४६ जनामा संक्रमण भएकोमा ३६ जनाको मृत्यु भएको छ ।

भारतमा मृयुदर १.४६ प्रतिशत रहेको छ । हालसम्म ३४१ जनामा संक्रमण पुष्टि भएकोमा ५ जनाको मृत्यु भएको छ ।

कोभिड–१९ उत्पति भएको देश चीनमा हालसम्म ८१ हजार ४९९ जनामा संक्रणम फेला परेकोमा ३ हजार २६७ जनाको मृत्यु भएको छ । यो मृत्युदर ४.० प्रतिशत हो ।

अफ्रिकी मुलुकहरूमा संक्रमण देखिन थाले पनि मृत्युको संख्या थोरै छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ३ : ०६ बजे

सर्लाहीमा गोली प्रहारबाट एक जनाको मृत्यु

सर्लाही– सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको

कामपाले सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा दर्ता भएका तर सञ्चालनमा नरहेका

एमाले केन्द्रीय परिषद् सदस्य कुँवर माओवादी केन्द्रमा प्रवेश

काठमाडौं– सत्तारूढ नेकपा (एमाले)को केन्द्रीय परिषद् सदस्य दिपेन्द्र कुँवर ‘यथार्थ’

प्रसूतिगृह लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर : मन्त्री पौडेल

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रसूति गृहले नेपालको मातृशिशु

कांग्रेसको राष्ट्रिय मगर संघको अध्यक्षमा इच्छुराम चयन

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल राष्ट्रिय मगर संघको सभापतिमा