आलम्पिकमा क्यानडाले खेलाडी नपठाउने | Khabarhub Khabarhub

आलम्पिकमा क्यानडाले खेलाडी नपठाउने


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नोबेल कोरोना भाइरसले विश्व भर महामारी फैलिरहँदा ओलम्पिक नसरे क्यानडाले खेलाडीको नपठाउने जनाएको छ ।

जापानको टोकियोमा जुलाई २४ देखि शुरु हुने तय भएको ओलम्पिक खेलकुद स्थगित नभए आफू सहभागी नहुने स्पष्ट पारेको छ ।

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै क्यानाडा ओलम्पिक कमिटीले जापानलाई ओलम्पिक एक वर्ष पछि सार्न अनुरोध पनि गरेको छ । यदि ओलम्पिक तोकिएको मितिमा भए आफ्ना खेलाडीले सहभागिता नजनाउने समेत क्यानाडाले बताएको हो ।

टोकियो ओलम्पिक आगामी जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तालिका रहेको छ । आयोजक जापानले भने ओलम्पिक निर्धारित समयमै गर्न आफु तयार रहेको जानकारी दिँदै आएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि पनि टोकियो ओलम्पिक सार्ने तयारीमा रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको आइतबारको कार्य समिति बैठकले अबको ४ हप्तामा ओलम्पिक सार्ने वा निर्धारित समयमा गर्ने भन्ने निर्णय गर्ने जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १ : ५६ बजे

इञ्जिन ल्याएर तत्काल विमान सञ्चालन गर्न निगमलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२०

मधेसमा धान उत्पादनमा कमी आउने

पर्सा – धान बाली लगाउने बेलामा मधेस प्रदेशमा सुक्खायाम र

एनपीएलको टिकट बुकिङ खुला, मूल्य ५ सयदेखि २ हजारसम्म

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर

पूर्वमहालेखापरीक्षक खत्रीलाई प्रश्न : जोखिम हेरेर मात्रै पूर्ण कर परीक्षण गर्ने नीति कति उचित ?

काठमाडौं– जेन-जी आन्दोलनपछि बनेको सरकारले अर्थतन्त्रमा दीर्घकाल र अल्पकालमा प्रभाव