आलम्पिकमा क्यानडाले खेलाडी नपठाउने « Khabarhub

आलम्पिकमा क्यानडाले खेलाडी नपठाउने


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नोबेल कोरोना भाइरसले विश्व भर महामारी फैलिरहँदा ओलम्पिक नसरे क्यानडाले खेलाडीको नपठाउने जनाएको छ ।

जापानको टोकियोमा जुलाई २४ देखि शुरु हुने तय भएको ओलम्पिक खेलकुद स्थगित नभए आफू सहभागी नहुने स्पष्ट पारेको छ ।

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै क्यानाडा ओलम्पिक कमिटीले जापानलाई ओलम्पिक एक वर्ष पछि सार्न अनुरोध पनि गरेको छ । यदि ओलम्पिक तोकिएको मितिमा भए आफ्ना खेलाडीले सहभागिता नजनाउने समेत क्यानाडाले बताएको हो ।

टोकियो ओलम्पिक आगामी जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तालिका रहेको छ । आयोजक जापानले भने ओलम्पिक निर्धारित समयमै गर्न आफु तयार रहेको जानकारी दिँदै आएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि पनि टोकियो ओलम्पिक सार्ने तयारीमा रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको आइतबारको कार्य समिति बैठकले अबको ४ हप्तामा ओलम्पिक सार्ने वा निर्धारित समयमा गर्ने भन्ने निर्णय गर्ने जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १ : ५६ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको