सलमान खानलाई लाग्यो ‘राधे’ को चिन्ता, घरबाटै हुनेछ सम्पादन « Khabarhub

सलमान खानलाई लाग्यो ‘राधे’ को चिन्ता, घरबाटै हुनेछ सम्पादन


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – हरेक वर्षको इदमा सलमान खानले फ्यानलाई कुनै न कुनै फिल्म दिने गर्छन् । यसपटक भने ईदमा फिल्म रिलिज नहुने सम्भावना थियो । त्यही बेला सलमान खानले ‘राधे’ नामक फिल्मको घोषणा गरे ।

फिल्मका लागि सलमान खानले निकै छिटोछिटो काम गरेका थिए । तर यसपटक कोरोना भाइरसका कारण सबै काम ठप्प भयो । फिल्मको शूटिङ पनि रोकियो ।

सलमान खान चाहिँ अझै पनि फिल्म ईदमा रिलिज हुनेमा विश्वस्त छन् । उनलाई लागिरहेको छ कि, छिट्टै नै यो कोरोनाको असर कम हुनेछ र सबै कुरा पुरानै अवस्थामा फर्किनेछ ।

खबरका अनुसार सलमान खानले फिल्मको सम्पादनको काम अब शुरु गर्दैछन् । सम्पादनसँग जोडिएका मान्छे उनको घरमा आएका छन् र सलमान खानसँगै फिल्मको सम्पादन थाल्नेछन् ।

जति छायांकन भइरहेको छ, त्यो सम्पादन हुनेछ । यसका लागि सलमान खानले आफ्नो समयको सदुपयोग गरेका छन् ।

प्रभुदेवाले निर्देशन गरेको फिल्म ‘राधे’ को शूटिङ अझै पनि बाँकी छ । बाँकी शूटिङ थाइल्याण्डमा गर्ने भनिएको थियो । तर, कोरोनाका कारण क्यान्सल गरिएको छ ।

निर्माण टिमले फिल्मलाई अझै पनि ईद पारेरै रिलिज गर्ने प्रयास गरिरहेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  २ : ५८ बजे

बाढीपहिरो पीडितको उद्धार र राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौं– टेक्नो मोबाइल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १०

भोटेकोशी बाढीपीडितका लागि प्याब्सन झापाको ७५ लाख सहयोग

झापा– भोटेकोशी बाढीबाट प्रभावितका लागि झापाका निजी विद्यालय, शिक्षक, विद्यार्थी,

नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस दीपककुमार साहले शपथ ग्रहण

साना व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा

काठमाडौं– वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना साना तथा मध्यम व्यवसाय ग्राहकहरूका लागि