काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केनले सन् २०२६ को प्रतिष्ठित बालोन डी’ओर अवार्ड प्राप्त गरेका छन् ।
सोमबार लन्डनमा आयोजित समारोहमा केनले उपाधि जित्दै २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई विश्व फुटबलको सर्वोच्च व्यक्तिगत सम्मान दिलाएका हुन् । यसअघि सन् २००१ मा अंग्रेज खेलाडी माइकल ओवेनले यो उपाधि जितेका थिए ।
रियल मड्रिड तथा फ्रान्सका फरवार्ड किलियन एमबाप्पे दोस्रो तथा बार्सिलोना तथा स्पेनका खेलाडी लामिन यामाल तेस्रो स्थानमा रहे ।
योसँगै ३३ वर्षीय केन बालोन डी’ओर जित्ने पाँचौँ इंग्ल्याण्डका खेलाडी बनेका छन् । यसअघि स्टान्ली म्याथ्युज १९५६, बबी चाल्र्टन १९६६ र केभिन किगनले १९७८ र १९७९ मा यो उपाधि जितेका थिए ।
यसैगरी युनाइटेड किंगडमबाट स्कटल्याण्डका डेनिस ल १९६४ र उत्तर आयरल्याण्डका जर्ज बेस्टले १९६८ मा अवार्ड जितेका थिए ।
केनले सन् २०२५–२६ को सिजनमा बायर्न म्युनिखका लागि सबै प्रतियोगितामा५१ खेल खेल्दै ६१ गोल गरेका थिए । एकै सिजनमा क्लबका लागि बायर्नका कुनै पनि खेलाडीले गरेको यो सर्वाधिक गोल हो ।
त्यस्तै, इंग्ल्यान्डका लागि समेत उत्कृष्ट प्रदर्शन गरेका केनले क्लब र राष्ट्रिय टोलीबाट गरी सिजनभर ७३ गोल गरेका थिए ।
बुन्डेसलिगामा सर्वाधिक ३६ गोल गरेका उनले च्याम्पियन्स लिगमा १४ गोल गर्दै युरोपेली फुटबलमा आफ्नो प्रभाव प्रमाणित गरेका थिए ।














प्रतिक्रिया