मंगलबारबाट नेपाल पूर्णरुपमा 'लकडाउन', घर बाहिर निस्किन नपाइने | Khabarhub Khabarhub

मंगलबारबाट नेपाल पूर्णरुपमा ‘लकडाउन’, घर बाहिर निस्किन नपाइने


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि  मंगलबार (११ गते)देखि लागू हुने गरी अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ।

कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि (मंगलबार) विहान ६ बजेबाट एक सातासम्मका लागि घरबाट बाहिर निस्कन रोक लगाएको छ ।

उच्चस्तरीय समितिको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन संचालनमा पूर्ण रोक लगाएको जानकारी दिए ।

उनले भने, ‘सुरक्षाा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडान बन्द हुनेछन् ।’

खाद्यान्न र अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेक अरु सवारी साधन पनि चलाउने नपाइने निर्णय गरेको छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावतमा समेत रोक लगाएको छ ।

अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका अन्य सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु समेत  बन्द गरिने उनले बताए ।

अत्यावश्यक कर्मचारी उपस्थित हुनेगरी अन्य कर्मचारीलाई सम्बन्धित कार्यलय प्रमुखले बिदा दिने निर्णय गरिएको जानकारी दिए ।

उद्योग कर्मचारीलाई समेत बिदा दिइने निर्णय भएको उनले बताए । त्यसैगरी बजारमा अभाव देखाइ कालोबजारी गर्नेलाई कानून बमोमिम कारबाही गरिने समेत निर्णय भएको छ ।

सरकारका प्रवक्ता खतिडाले क्वारेन्टाइनमा राखिनेलाई सबै सुरक्षा व्यवस्था मिलाइने जनाए । क्वारेन्टाइन व्यवस्थापन मापदण्ड स्वीकृत गरेको उनले बताए ।

यस्ता छन् निर्णय

 

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ७ : ३८ बजे

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी