कोरोना भाइरसका कारण भारतमा मृतकको संख्या ९ पुग्यो « Khabarhub

कोरोना भाइरसका कारण भारतमा मृतकको संख्या ९ पुग्यो


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली– कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

नेपालसँग सीमा जोडिएको पश्चिम बंगाल राज्यको कोल्काता शहरमा सोमबार एक जनाको मृत्यु भएसँगै भारतमा मृतकको संख्या बढेको हो । कोल्कातामा कोरोना भाइरसका कारण मृत्यु हुने स्थानीय रेल्वेका कर्मचारी रहेको जनाइएको छ ।

५५ वर्षे ती व्यक्तिले हालै कुनै पनि विदेश भ्रमण नगरेकाले उनी स्थानीय क्षेत्रमै संक्रमित भएको स्वास्थ्य अधिकारीले जनाएका छन् ।

यस्तै, सोमबार नै मुम्बई शहरमा अर्का एक जनाको मृत्यु भएको थियो । मुम्बईमा मृत्यु हुने व्यक्ति फिलिपिन्सबाट मुम्बई आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृतक यसअघि दम र चिनीरोगबाट पीडित थिए ।

कोरोना भाइरसका कारण सोमबारसम्म मुम्बई शहरमा मात्र तीन जनाको मृत्यु भइसकेको छ । हालसम्म भारतमा ४ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

आइतबारमात्र नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा पनि एक व्यक्तिको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ६ : ५० बजे

सीको किताब जलाएपछि चीनको गम्भीर चासो, गृहले दियो कारबाहीको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्‍याउने किसिमको घटनाका सम्बन्धमा

‘अफ्रिकन स्वाइन फिभर’का कारण एक सय बीस बङ्गुर मरे

चितवन– अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर मरेका

पछिल्लो २४ घण्टामा विपद्का घटनाबाट ४ जनाको मृत्यु, १४ घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर भएका विपद्का घटनामा परी  ४

चौरजहारी नगरमा एक लाख घुस प्रकरण : लिने नगर प्रमुख र दिने इन्जिनियर दुवैविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाका

आशिकाको फेसबुके निर्देशन विवादमा : सांसदले स्थानीय तहमा हस्तक्षेप गर्न मिल्छ ?

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी