प्रेस युनियनद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण « Khabarhub

प्रेस युनियनद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि नेपाल प्रेस यूनियन धादिङले जिल्लाका ३० जना क्रियाशील पत्रकारहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

प्रेस यूनियनले सोमबार पत्रकारहरुलाई मास्क, एप्रोन, साबुन, सेनिटाइजर, चस्मा, पन्जा र टोपी लगायत सामग्री प्रदान गरिएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हरिहर सिंह राठौरले प्रेस यूनियन धादिङले एउटा राम्रो कामको सुरुवात गरेको बताए ।

‘यसलाई सबैले अनुशरण गर्नुपर्छ ।’ केन्द्रीय सदस्य राठौरले भने, ‘विपतको बेला रिपोर्टिङ गर्दा पत्रकारहरु निकै सचेत र सजक हुनुपर्छ ।’

कार्यक्रममा नेपाल प्रेस यूनियनका केन्द्रिय सदस्य डा.मुरारी अधिकारीले द्वन्द्वको रिपोर्टिङ गर्न नेपाली पत्रकारहरु सक्षम र सिपालु भएपनि महामारी जस्तो विपतमा रिपोर्टिङ गर्ने उनीहरुमा कमै अनुभव रहेको बताए ।

भूकम्प जस्ता विपत् व्योहोरेको भए पनि सिङ्गो विश्वलाई त्रसित बनाउने महामारी जस्तो विपतमा रिपोर्टिङ गर्नु चुनौतीपूर्ण हुने बताए ।

नेपाल प्रेस यूनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीले स्वास्थ्य सामाग्री जस्तो सानो कुरा वितरण गरिए पनि पत्रकारहरुलाई सचेत रहनको लागि सन्देश पुगोस् भनेर स्वास्थ्य सामाग्री वितरण गरिएको बताए ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष नवराज छत्कुली , पूर्व अध्यक्ष द्वय सीताराम वर्मा र राजेन्द्र प्रताप शाह, प्रेस संगठनका केन्द्रीय सदस्य केशव अधिकारी, रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मा, रेडियो बिहानीका स्टेशन म्यानेजर संजय देवकोटा लगायतका संचारकर्मीहरुको सहभागिता रहको थियो ।

प्रेस यूनियनका सचिव मनिष दुवाडीले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ७ : १२ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १