सावधान ! 'लकडाउन' उल्लंघन गर्नेलाई यस्तो हुन्छ कारबाही | Khabarhub Khabarhub

सावधान ! ‘लकडाउन’ उल्लंघन गर्नेलाई यस्तो हुन्छ कारबाही


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपाल सरकारले आज (मंगलबार) बिहान ६ बजेदेखि लागू हुनेगरि अत्यावश्यक काम बाहेक घरबाट निस्कन रोक गलगाएको छ ।

नेपाल सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्ने प्रयासमा एक साताका लागि देशलाई ‘लकडाउन’ गरेको सरकारले चैत ११ गतेदेखि चैत १८ गतेसम्म बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म घरबाट बाहिर निस्कन रोक लगाइएको छ ।

सरकारले लागू गरेको यो नियम उल‌्लंघन गरे ६ महिनासम्म जेल सजाय हुने व्यवस्था छ । त्यस्तै ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै हुने व्यवस्था छ ।

लकडाउन कर्फ्यु जस्तो कडा नहुने तर लकडाउनको आदेश पालना नगर्नेहरुलाई ६ महिनासम्म कैद र ६ महिनासम्म जरिवाना वा दुवै सजायँ हुने गृहमन्त्रालयले जनाएको छ ।

लकडाउनको बेला पत्रकारहरुलाई जिल्ला प्रशासन कार्यालयबाट पासको व्यवस्था मिलाइएको छ । स्वास्थ्य र सुरक्षाका सवारी साधन सञ्चालन हुन पाउँछन् । यसैगरी औषधि, तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन र फोहरमैला संकलनका क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई लकडाउनमा छुट छ । यस्तै औषधि, स्वास्थ्य उपकरण, खाद्यवस्तु, पानी, दूध र इन्धनसँग सम्बन्धित उद्योग तथा कलकारखाना सन्चालन हुन पाउँछन् ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ६ : ५५ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते